Kanakai Online

झापामा चट्याङले लागेर १ को मृत्यु, एकको शव मकैवारीमा


बुधवार, चैत २६, २०८१ |

कनकाई अनलाईन

झापाको गौरादहमा नगरपालिका ५ मा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ । बुधबार बिहान ७ बजेको समयमा हवाहुरी सहित आएको चट्याङले लागेर पाँचथर मिक्लाजुङ गाउँपालिका–३ आरुभोटे स्थायी ठेगाना भई हाल गौरादह नगरपालिका–५ बालुबथान बस्दै आउनुभएका ५४ वर्षिय दुध कुमार लावतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

किचन कोठामा खाजा खाने क्रममा पानिसंगै परेको चट्याङको झट्का लागी सोही स्थानमा नै लावतीको मृत्यु भएको भन्ने खबर स्थानियले इलाका प्रहरी कार्यालय दमकमा जानकारी गराउन साथ उक्त स्थानमा इलाका प्रहरी कार्यालय दमक र इलाका प्रहरी कार्यालय गौरादहबाट प्रहरी अधिकृत सहितको टोली खटीएको थियो ।

मृतक लावती गोमनाथ चेम्जुङको खेति अधिया गरी उनकै घरमा बस्दै आएका बताइएको छ । यता झापाको अर्जुनधारा– ११ स्थित मकैवारीमा एक बेवारिसे शव फेला परेको छ ।

मागी खाएर हिड्ने अन्दाजी ४०–४२ वर्षका पहाडे मूलका पुरुषको शव बुधवार बिहान फेला परेको हो । उनको एउटा खुट्टामा घाउ भएको थियो । उनी वीरे दमाईसंगै दमाईको कटेरोमा बस्ने गरेका थिए । दमाईको कटेरो नजिक ती पुरुषको शव फेला परेको हो । शवको प्रकृति हेर्दा केही दिनअघि मृत्यु भएको हुनसक्ने इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताउँनुभयो ।

प्रहरीले अनुसन्धानका लागि वीरे दमाईलाई पक्राउ गरेको छ । शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको र घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर