
कनकाई अनलाईन
कृषकहरुको उत्पादन सोझै भान्सामा लैजानका लागि जिल्लामै पहिलोपटक यहाँस्थित सुरुङ्गा र कामाटोली बजारमा एकसाथ कृषकको उत्पादन तथा खरिद विक्री केन्द्र सञ्चालनमा आएको छ ।

झापाको कामाटोली बजार तथा कनकाई नगरपालिकाको सुरुङ्गास्थित नयाँ कृषि बजार अगाडि साधना संस्कृति नमूना कृषि प्रालिद्धारा सञ्चालित किसानद्धारा उत्पादित फलफुल तथा तरकारीको नर्सरी र उत्पादन विक्री गर्नका लागि विक्री कक्ष सञ्चालनमा आएको हो । कृषि तालिममै १ बर्षसम्म नेपालको साना किसान सहकारीले इजरायल पठाएका यहाँका युवा चन्द्र बस्नेतको सञ्चालनमा आएको उक्त विक्री कक्षको झापा गाउँपालिकाकी कार्यवाहक अध्यक्ष अन्जुदेवि थपलिया, झापा गाउँपालिकाका निर्वाचित अध्यक्ष जयनारायण शाह, संविधान सभा सदस्य पुजा खनाल, वडाअध्यक्षहरु झापा गाउँपालिका ३ का वडाअध्यक्ष सुवासलाल गणेश, ७ का वडाअध्यक्ष सखिचन्द ठाकुर, नेकपा माओवादी केन्द्र झापा गाउँपालिकाका अध्यक्ष रुद्र बजगाई, इलाका प्रहरी कार्यालय कुमरखोदका प्रमुख दिपिन थापा, लगायातको आतिथ्यतामा कामाटोली बजारमा कृषक उत्पादनको सोझै विक्री हुने पसलको उदघाटन गरिएको हो ।

पसल उदघाटन गर्नुहहुदै झापा गाउँपालिकाकी कार्यवाक अध्यक्ष अन्जुदेवि थपलियाले कृषकले फलाएका उत्पादनहरु उचित मुल्यमा सहयमै खरिद गर्न पाउदा यसबाट उत्पादनमा लाग्ने कृषक र उपभोक्ता दुबैलाई फाईदा पुग्ने र गरिबी हटाउन समेत यस्ता खाले पसलले मद्धत मिल्ने विश्वास व्यक्त गर्नुभयो । पहिले आफ्ना उत्पादनलाई विक्री गर्नका लागि सानो ढाँकीमा दिन माया मारेर बजारमा बस्नुपर्ने बाध्यताको अन्त्य हुने भन्दै यसप्रकारका पसलहरुको स्तर उन्नतिका लागि सरकार सदैव सहयोग गर्न तयार भएको बताउँनुभयो । अब कम्तीमा कृषकले जे जति उत्पादन गर्नुहुन्छ आफुले फलाउने र विक्रीका लागि साधना सस्कृति कृषि प्रालिमा चन्द्र बस्नेतको पसलमा ल्याएर दिने हो थपलियाले भन्नुभयो । कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्र झापा गाउँपालिकाका अध्यक्ष रुद्र बजगाईले सानो सानो परिमाणमा उत्पादन गरेर पनि आफुले उपभोग गरेर बचत गरेको कृषि उत्पादनलाई बजारीकरणमा सक्दो मद्धत मिलेको बताउँनुभयो । यसप्रकारको पसलबाट यस क्षेत्रका कृषि कर्ममा लागेका सबै कृषकहरुको जीवनस्तर उकास्ने र उनीहरुलाई कृषि कर्ममै लागिरहनका लागि प्रोत्साहन मिल्ने विश्वास बजगाईँले व्यक्त गर्नुभयो ।
यता साधना सस्कृति कृषि प्रालिका सञ्चालक चन्द्र बस्नेतले आफुले विदेशी भुमि इजरायलमा उत्पादन गरेर मात्रै नहुने यसका लागि बजारीकरण पनि आवश्वक रहेको भन्दै कनकाई नगरपालिकाको सुरुङ्गा र झापा गाउँपालिकको कामाटोलीमा कृषि उत्पादनको विक्री कक्ष खोलेको बताउँनुभयो । यो मोडलको पसल देशमै पहिलो भएको भन्दै आफ्ना घर गाउँमा उत्पादन गरेका कृषि उत्पादन र बेर्नाहरुलाई देशका विभिन्न शहरहरुको साथमा यहि स्थानमा समेत विक्री गरिने बताउँनुभयो । तत्काल विक्री नभएको अवस्थामा समेत आफुले ठुलो मात्रमा राख्न सकिने चिस्यानको समेत व्यावस्था गरेको सञ्चालक बस्नेतले बताउँनुभयो ।
