
कनकाई अनलाईन
झापाको झापा गाउँपालिका ३ को भित्री सडकखण्डस्थित झाँटीमा ट्याक्टरबाट खसेर आज एकजनाको मृत्यु भएको छ ।
बुधवार आज दिउसो साढे ४ बजे गुडिरहेको मे १ त ४१०७ नम्बरको ट्याक्टरबाट झर्दा स्थानीय बर्ष ६० का रमेश हस्दाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । हस्दा ट्याक्टरमा लिफ्ट मागेर झाँटीबाट स्थानीय कामाटोलीबजारसम्म जान लागेका र उनी रिगटा चलेर गुडिरहेको ट्याक्टरबाट खसेको बताइएको छ । घाईते हस्दालाई उपचारका लागि मेची प्रादेशिक अस्पताल भद्रपुरमा लैजादा त्यहाँ पुर्याउदा चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरीले ट्याक्टर चालक र ट्याक्टरलाई नियन्त्रणमा लिएको छ भने मृतक हस्दाको शवलाई पोस्ट म्याटमका लागि मेची प्रादेशिक अस्पताल भद्रपुरमा राखिएको छ ।