Kanakai Online

कनकाईमा श्रीमतीको हत्या गरी श्रीमानद्धारा आत्महत्या प्रयास


मङ्गलवार, चैत ११, २०८१ |

कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका ५ नारायणदल चौकमा श्रीमतीको हत्या गरी श्रीमानले आत्महत्या प्रयास गरेका छन ।
स्थानीय ४० बर्षिय लालबहादुर मंग्रातीले ४० बर्षिय आफ्नी श्रीमती मनिसा मग्रातीलाई हत्या गरी आत्महत्या प्रयास गरेका हुन । भाडाको घरमा बस्दै आएका उनीहरु स्थानीय योगेन्द्र बसेलको घरमा भाडामा बस्दै आएका थिए । घरमालिक भने वैदेशिक रोजगारीका क्रममा विदेशमा रहेको कनकाई ५ का वडाअध्यक्ष कृष्णबहादुर राईले गोरखापत्रलाई बताउँनुभयो ।
रातीको समयमा श्रीमान श्रीमती झगडा गर्दा श्रीमतीको मृत्यु भएपछि श्रीमातले समेत आफ्नो घाटी रेटेर आत्महत्या प्रयास गरेको तर उनको मृत्यु नभएपछि आफैले मंगलवार विहान ४ बजेतिर छिमेकीलाई फोन गरेर श्रीमती मरेको बताएपछि गाउँलेले जनप्रनिनिधि र प्रहरीलाई खबर गरेको स्थानीय वाशी समेत रहनुभएका कनकाई नगरपालिका ५ का वडासदस्य डिल्लु उप्रेतीले बताउँनुभयो । विहान जनप्रतिनिधि र प्रहरी घटनास्थलमा पुग्दा श्रीमान लालबहादुर ओछ्यानमै घाईते अवस्थामा सुतिरहेको तथा श्रीमती मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय सुरुङ्गाले जनाएको छ । हाल श्रीमानलाई उपचारका लागि विएण्डसी अस्पताल बिर्तामोडमा उपचारका लागि लगिएको र घटनाको वारेमा घटनास्थललाई सुरक्षित गरेर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । घाईते श्रीमानले आफुले श्रीमतीको हत्या गरेको स्वीकार गरिसकेको बताइएको छ । तर यसवारेमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । दुबै श्रीमान श्रीमती ज्याला मजदुरी गरेर खादै आएको र मादक पदार्थ सेवन गरेर पहिले पनि नियमित झैझगडा गर्दै आएको स्थानीयको भनाई रहेको छ । यसैविच घटनामा संग्लन श्रीमान लालबहादुरले आफ्नी श्रीमतीको हत्या गरेको र आफुपनि मर्न खोजेको स्वीकार गरिसहेका छन । उनीहरु २ बर्षदेखि घर भाडामा लिएर बस्दै आएका हुन । हत्या भएकी श्रीमतीको घाटीमा निलडाँम रहेको छ भने श्रीमानको घाटी आधा काटिएको छ ।