Kanakai Online

माओवादी केन्द्र शिवसताक्षीको अध्यक्षमा दुर्गा नेम्बाङ्ग


आइतवार, चैत ९, २०८१ |

कनकाई अनलाईन
नेकपा माओवादी केन्द्र शिवसताक्षी नगर कमिटीको अध्यक्षमा दुर्गा नेम्बाङ सर्वसम्मत हुनुभएको छ ।

पार्टीको दोस्रो नगर कमिटीद्धारा दुधेमा आयोजित गौरिशकंर–चतुरमान संगठन सुढुढीकरण अभियानसहित दोस्रो नगर अधिवेशनबाट युवा नेता नेम्बाङको नेतृत्वमा ४५ सदस्यीय नगर कमिटी पुनगर्ठन गरेको हो । नेम्बाङ्गले यसअघि तत्कालिन कृषिमन्त्री झलकर्सिह दर्लामी मगरको स्वकीय सचिवको जिम्बेवारी कुशलतापुर्वक पूरा गरिसक्नुभएको छ । उहाँ सामाजिक गतिविधिमा अत्यन्त सक्रिय समेत रहनुभएको छ ।

त्यस्तैं उपाध्यक्षमा भुवन राई, कचाली ताजपुरिया र राजु दर्नाल, सचिवमा धनकुमार ढकाल, सहसचिवद्धयमा भुवन सेन्दाङ लिम्बू, देविका खनाल र कोषाध्यक्षमा हेमबहादुर (सुमन) कार्की चयन हुनुभएको छ । अधिवेशनले ४५ सदस्यीय नगर कमिटी गठन गरेको हो ।

अधिवेशनसहित संगठन सुढुढीकरण अभियानको उद्घाटन पार्टीका केन्द्रिय नेता तथा कोशी प्रदेश सहइन्चार्ज अजम्बर काङबाङ राईले गर्नुभएको थियो । राईले काङबाङले नेपाली जनताको त्याग, सघर्ष, बलिदानबाट नेकपा (माओवादी केन्द्र) स्थापना भएको र त्यसैको मर्म, आदर्श, सिद्धान्त र दृष्ट्रिकोणबाट जनताबीच महत्वपूर्ण जिम्मेवारीका साथ काम गरिरहेको बताउनुभयो । कार्यक्रमम नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा पूर्व मन्त्री झलकसिंह दर्लामी, केन्द्रीय सदस्य तथा झापा इन्चार्ज रञ्जित तामाङ, कल्पना काकीर्, पार्टीका झापा जिल्ला सहइन्चार्ज पुरुषोत्तम चुडाल राजु लगायातले बोल्नुभएको थियो । नवगठित समितिका अध्यक्ष नेम्बाङ्गलाई निर्वतमान अध्यक्ष महेन्द्र भट्टराई लगायातले पदस्थापना गर्नुभयो ।