Kanakai Online

सुरुङ्गामा खुल्ला साईकल दौड प्रतियोगिता निमा सेर्पा प्रथम


शनिवार, चैत ८, २०८१ |

कनकाई अनलाईन
वढ्दो सवारी दुर्घटना र वायुप्रदुषर्णलाई रोक्न यहाँस्थित सुरुङ्गा सहकार्य युवा क्लवले शनिवार खुल्ला साईकल दौड प्रतियोगिताको आयोजना गरेको छ ।
१५ किलोमिटर साईकल दौडको उक्त प्रतियोगितामा उदयपुर गाईघाटका निमा सेर्पाले २९ मिनेटमा पूरा गर्दै प्रथम हुनुभयो । यसैगरी झापा मेचीनगरका अर्जुन बस्नेतले ३० मिनेटमा पूरा गर्दै दोस्रो र मेचीनगरकै मिलन राजवंशीले ३१ मिनेटमा दौड पूरा गर्दै तेस्रो हुनुभयो । प्रतियोगितामा प्रथम हुनेले नगद १५ हजार, दोस्रो हुनेले १० हजार र तेस्रो हुनेले ७५०० रुपैँया प्राप्त गर्नुभयो । यसैगरी प्रतियोगितामा प्रदिपकुमार शाह, वादल लिम्बु, साहिल नेपाली, समिर चौधरी र युवराज लावती शान्तना पुरस्कार जनही २ हजार रुपैँया प्राप्त गर्नुभयो । यसैगरि महिला तर्फसमेत सहभागि हुनुहुने सुष्मा शाक्य, संगिता दनुवार र डाक्टर गृष्मा रावललाई नगद पुरस्कार प्रदान गरिएको थियो । झापा कनकाई नगरपालिका ३ सुरुङ्गाबजार बाट सुरु भएको साईकल दौड कनकाई नगरका विभिन्न पर्यटकिय स्थलहरु जामुनखाडी, धनुषकोटी, प्रजापति दोमुखा हुदै सुरुङ्गामा आएर टुंगिएको थियो । बिजयी प्रतियोगिहरुलाई कनकाई नगरपालिकाकी उपप्रमुख आशाशर्मा शिवाकोटी, क्लवका संस्थापक अध्यक्ष प्रविन तिम्सिना, सचिव कमल कट्टेल लगायातले नगद तथा पुरस्कार प्रदान गर्नुभएको थियो ।


प्रतियोगितामा झापा, मोरङ्ग, सुनसरी, गाईघाट लगायातका जिल्लाबाट ५० बढीको सहभागिता रहेको थियो । जसमा १० बर्षिय वालकदेखि लिएर भद्रपुर नगरपालिकाका पुर्वनगरप्रमुख जीवन श्रेष्ठ, झापाली पत्रकार हिमाल खरेलसम्मले साईकल दौडमा सहभागिता जनाएका थिए ।


कार्यक्रमले सकरात्मक सन्देश प्रवाह गरेको भन्दै आगामी बर्षहरुमा समेत यस प्रतियोगितालाई निरन्तता दिदै जाने आयोजक समितिका अध्यक्ष सुमन कार्कीले बताए । कार्यक्रमका प्रमुख अतिथि कनकाई नगरपालिकाकी उपप्रमुख आशा शर्मा शिवाकोटीले साईकल दौडबाट नगरवाशीले धेरै कुरा सिक्न सक्ने भन्दै प्रतियोगिताको निरन्तताको कामना गर्नुभयो । बढ्दो सवारी दुर्घटना, वायु प्रदुर्षण रोक्न र कनकाई नगरका पर्यटकिय स्थानहरुको प्रचारमा प्रतियोगिताले मद्धत मिलेको नगरउपप्रमुख शर्माले बताउँनुभयो । उक्त प्रतियोगिताको प्रथम र दोस्रो पुरस्कारको सौजन्य कनकाई ३ निवासी हाल अष्ट्रेलियामा रहनुभएका दुर्गाप्रसाद उप्रेतीले गर्नुभएको हो ।