कनकाई अनलाईन
होलीको दिन सडकमा जथाभावी बिनाहेल्मेट चलाउने मोटरसाइकललाई इलाका प्रहरी कार्यालय सुरुङ्गाले नियन्त्रणमा लिन थालेको छ ।
जथाभावी गर्दै हिडने र बिनाहेल्मेट कुदाउने १६ वटा मोटरसाइकल अहिलेसम्म नियन्त्रणमा लिएको हो । ती मोटरसाइकल इलाका प्रहरी कार्यालय सुरुङ्गामा राखिएको छ । यो क्रम जारी रहेको इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख प्रहरी बरिष्ठ नायव निरीक्षक राधाकृष्ण दाहालले बताए । प्रहरीले यसअघि होलीमा अबाञ्छित गतिविधि नगर्न माइकिङ गरेको थियो । इलाका प्रहरी कार्यालय सुरुङ्गाको प्रमुखका रुपमा दाहालले कप्तानी सम्मालेसगै लागुऔषध नियन्त्रण र अबाञ्छित गतिविधि गरि हिडनेहरुप्रति कडा रुपमा प्रस्तुत हुदै आउनुभएको छ ।
प्रेमि बल्न थालेपछि ज्यान जोगाएर भागेकी प्रेमिका प्रहरी आएपछि मेरो साथी हो उ भन्दै सम्पर्कमा आएकी थिइन ।