Kanakai Online

प्रेमिकाले बिहे गर्दिन भनेपछि सुरुङ्गामा युवकले आफ्नै शरिमा आगो झोसे


शुक्रवार, फागुन ३०, २०८१ |

कनकाई अनलाईन

झापाको कनकाई नगरपालिकामा ४ कोटीहवनमा एक युवकले आफ्नो शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका छन् ।

कन्काई नगरपालिका ४ स्थित कोटीहवन कनकाई सामुदायिक वन नजिक सुनसरी इनरुवा ९ बलाह बस्ने १९ वर्षीय मिकेश चौधरीले बिहिवार दिउसो १२ः२५ बजे आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाह गर्ने प्रयास गरेका हुन् ।

उनलाई स्थानीयले देखेर प्रहरीलाई खबर गरेपश्चात् उद्धार गरी बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारको लागि लगीएकोमा उपचार सम्भव नभएपछि थप उपचाकारका लागि पारस अस्पताल बिराटनगर लगिएको छ । हाल गम्भीर अबस्थामा उनको उपचार भैरहेको छ ।

विगत ३–४ दिनदेखि बिर्तामोड ४ स्थित सोफा हाउसमा काम गर्दै आएका चौधरी कोटीहोम दक्षिणपट्टिको सडकमा आफ्नी प्रेमिकासंग हिड्दै गर्दा उनीहरुबीच विवाद भएको थियो ।

विवादका क्रममा चौधरीले आफ्नी प्रेमिका र आफूमाथि पेट्रोल छर्केका थिए । संगै आत्मदाह गर्ने कोशिश गर्दा प्रेमिकाले भागेर ज्यान जोगाएकी छन् भने उनले आफ्नो शरीरमा आगो सल्काएका थिए । प्रेमि बल्न थालेपछि ज्यान जोगाएर भागेकी प्रेमिका प्रहरी आएपछि मेरो साथी हो उ भन्दै सम्पर्कमा आएकी थिइन ।

घटनापछि चौधरी थरकी ती युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घाइतेको दुबै हात र पिसाब थैलीको केही भाग, कम्मरको भाग र दुबै कानसहित शरीरको ६० प्रतिशत भाग जलेको इलाका प्रहरी कार्यालय सुरुङ्गाले जनाएको छ । ती युवकले लामो समयदेखिको आफ्नो प्रेम सम्बन्ध रहेपनि प्रेमिकाले पछिल्लो समयमा आफ्नो प्रेमलाई अस्वीकार गरेपछि आफुले शरिरमा आगो झोसेर आत्मदह प्रयास गरेको बताएका छन । उनी शरिरमा पेट्रोल छर्किर आगो झोसेर नजिक्कै रहेको कनकाई सामुदायिक वनभित्र प्रवेश गरेका थिए । जनको कारण उनको शरिरमा रहेको आगो वनमा समेत लागेर केहि भाग जंगल समेत जलेको थियो ।