कनकाई अनलाईन
बिहीवार राती झापा गाउँपालिका वडा नं ४ स्थित जिया तामाङको घरमा आगलागी हुदा घर जलेर पुर्णतय नष्ट्रभएको छ ।
आगलागीबाट तामाङको टीनको छानो भएको भुइँतले घर पूर्णरुपमा जलेर नष्ट भएको छ । बिहीवार राति करिव ९ बजेतिर विद्युत सर्ट भई सो आगलागी भएको आशंका गरिएको छ । तामाङले सो घर भाडामा दिनुभएको थियो ।
आगो निभाउन भद्रपुर र बिर्तामोड नगरपालिकाको दमकल, प्रहरी र स्थानीयबासीले सहयोग गरेका थिए । आगलागीबाट अन्दाजी २५ लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय कुमरखोदका प्रहरी नायव निरीक्षक दिपिन राईले बताउँनुभयो ।


