
कनकाई अनलाईन
नेकपा माओवादी केन्द्र कनकाईको अध्यक्षमा बिष्णुप्रसाद बिमली सर्वसम्मत चयन भएका छन ।
आज सुरुङ्गास्थित कनकाई उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न पार्टीको तेस्रो नगर अधिवेशनले बिमलीको अध्यक्षतामा ४१ सदस्यीय नगर कमिटी गठन गरेको हो ।

बिमली यसअघि पार्टीको नगर कमिटी सचिव रहेका थिए । यसैगरि पार्टीको उपाध्यक्षमा भक्तिप्रसाद संग्रौला, रामकुमार थापा र शाता उपाध्याय घिमिरे सचिवमा तेजबहादुर आचार्य सहसचिव कमल बस्नेत र कोषाध्यक्षमा लीला प्रसाई संग्रौला सर्वसम्मत हुनुभएको छ । यसैगरि सदस्यहरुमा भक्ति पाठक, डिल्लीराम पौडेल, ख्याम शिवाकोटी, प्रेम ओली, उत्सव वास्तोला, ललितबहादुर कार्की, डिल्लीराम पाठक, विनोद रसाईली, गंगा पौडेल, यज्ञराज कार्की, रुद्र राउत हरिबहादुर राउत, देबेन्द्र गहतराज, दिपक घिमिरे, प्रकाश आचार्य, गंगा घिमिरे, आईपी भट्टराई,लीलाराज कार्की, कुमार राय, चित्र मगर, वालिका थपलिया, हरि प्रसाई, मिना चौधरी, वृहस्पति राजंशी, विष्णु सुवेदी, डम्बर शांसकर, डिल्ली खड्का,राजकुमार पोखरेल, नरेन्द्र उप्रेती, कमल चापागाई, ज्ञानिमाया कन्दङवा, धनराज राजवंशी, नारायण चुडाल र जसबहादुर लिम्बु रहेका छन । ५५ सदस्यीय नगर कमिटीमा थप पछि मनोनयन गरिने निर्वाचन समितिकी संयोजक सुशिला कन्दङ्बा बर्षाले बताउँनुभयो ।
यसअघि माओवादी पार्टीकी केन्द्रिय सदस्य तथा प्रदेश कमिटीकी सहइन्चार्ज धर्मशीला चापागाईले अहिले राजावादी हु भन्नेहरुले पुन राजा फर्काउने कुरा गर्दा यो व्यावस्था ल्याउनका लागि वलिदान गर्ने हज्जारौ शहिदहरुको अपमान भएको बताउँनुभयो । हामी कहाँ चुक्यौ त्यो खोजी गरौ जनतालाई हामीले यो व्यावस्थाका वारेमा सुसिचित गरौ कार्यक्रमको प्रमुख अतिथि रहनुभएकी चापागाईले बर्तमान अवस्थामा गणतन्त्र र प्राप्त उपलब्धीलाई हटाउनका लागि गणतन्त्र विरुद्धनै गठबन्धन भइरहेको बताउँनुभयो ।

कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा पुुर्व प्रदेश सरकारका कृषि मन्त्री झलकसिंह दर्लामी शन्देश, पार्टीका प्रदेश उपाध्यक्ष मणिकुमार साम्पाङ्ग बिजय पार्टीका प्रदेश सदस्य कल्पना कार्की भुमिका, पुरुषोत्तम चुडाल राजु, पार्टीका जिल्ला संयोजक राजु आचार्य अग्नि लगायातले शुभकामना दिनुभएको थियो । पार्टीका अध्यक्ष यामनाथ सेडाईले पार्टीका राजनैतिक प्रतिवेदन पेश गर्नुभएको कार्यक्रमको स्वागत पार्टीका उपाध्यक्ष सुरेश गुरुङ्ग र सचिव बिष्णुप्रसाद बिमलीले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो । नवगठित कार्यसमितिको प्यानल प्रस्ताव पार्टीका प्रदेश सदस्य तथा कनकाई नगर इन्चार्ज गोपाल प्रसाईले गर्नुभएको थियो । सोही नगर अधिवेशनले सल्लाहकार समिति र प्रदेश तथा जिल्ला सदस्यका लागि प्रतिनिधिहरुको समेत छनौट गरेको छ । जसमा नगर कमिटी सल्लाहकारहरुमा गोपाल भट्टराई, देवि थपलिया, युवराज ढुङ्गेल, मेदनी सिटौला, कृष्ण मैनाली, राधा बजगाई, प्रेम न्यौपाने, लालबहादुर लाम्गादे, कमल न्यौपाने रहनुभएको छ । यसैगरी प्रदेश कमिटी सदस्यमा निवर्तमान नगरकमिटी अध्यक्ष यामनाथ सेडाईलाई सिफारिस गरिएको छ ।

