Kanakai Online

कनकाईमा माओवादी केन्द्रप्रतिको आकर्षण जनार्दन उप्रेती माओवादीमा प्रवेश


मङ्गलवार, फागुन २७, २०८१ |

कनकाई अनलाईन
कनकाई नगरपालिकामा माओवादी केन्द्रमा प्रवेशको जनलहर चलेको छ । नेविसंघका केन्द्रिय राजनितिमा राम्रो प्रभाव राख्ने युवा नेता जनार्दन उप्रेती माओवादी केन्द्रमा प्रवेश गरेका छन ।


नेपाली कांग्रेसका युवा नेता समेत रहेका जनार्दन उप्रेती राम्रो प्रशिक्षक समेत हुन । कनकाई नगरपालिका ३ का कांग्रेस नेतालाई माओवादी केन्द्रका केन्द्रिय सचिवालय सदस्य तथा प्रदेश सरकारका पुर्व अर्थमन्त्री इन्द्र आङबो मौसम, समर, केन्द्रिय सदस्य तथा झापा जिल्ला इन्चार्ज समेत रहनुभएका रन्जित तामाङ्ग लगायातका केन्द्रिय नेताहरुले स्वागत गरेका थिए । पार्टी कार्यालयको ९ औ पुर्ण बैठक बिर्तामोडमा आयोजित कार्यक्रममा उप्रेतीलाई पार्टीमा स्वागत गरिएको हो ।

यसअघि कनकाईका एमाले नेता तथा पुर्व कृषि मन्त्री समेत रहेका अनुप भण्डारी मन्त्रीका पिए समेत एमाले पार्टी परित्याग गरि माओवादीमा प्रवेश गरेका थिए । खासगरि केन्द्रिय राजनितिमा एमाले कांग्रेसप्रति बढ्दो वितृणाका कारण भकाभक पार्टीका इमान्दार नेता समेत माओवादी केन्द्रमा प्रवेश गरिरहेको माओवादी पार्टीका केन्द्रिय सदस्य समेत रहनुभएका रन्जित तामाङ्गले बताउनुभयो । कनकाई नगरपालिकामा आगामी निर्वाचनमा एकल निर्वाचनमा उठने र कसैसग तालमेल नगर्नेगरी पार्टीले तयारीमा जुटेको नेकपा माओवादी केन्द्रका कनकाई नगर इन्चार्ज समेत रहनुभएका पार्टीका प्रदेश सदस्य गोपाल प्रसाईले कनकाई अनलाईनलाई बताउँनुभयो । गत २०७९ सालको स्थानीय निर्वाचनमा माओवादी पार्टीले शेरबहादुर थापा समुहको स्वतन्त्र गणतान्त्रिक समुह र नेकपा एससग निर्वाचनमा होमिएको थियो । जसमा कनकाईका ९ वटा वडा मध्ये ५ वटा वडामा अग्रता कायम गर्न सफल भएको थियो । तर माओवादीले वडामा भने बिजयी हुन सकेन ।

सम्बन्धित खबर