
कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका ४ मा रहेको झापा मेरिगोल्ड अंग्रेजी बिद्यालयले गत बर्षबाट शुरु गरेको मेरिगोल्ड गायन तारा छनौट कार्यक्रममा यस बर्ष एन्जिला आछामे चयन भएकी छन ।
बिद्यालयले शुक्रबार आयोजनागरेको मेरिगोल्ड साङ्गितिक साझ २०८१ कार्यक्रममा उत्कृष्ट दशमा पर्न सफल बिद्यार्थीहरु बिचको प्रतिस्पर्धाबाट एन्जिला आछामे दोस्रो मेरिगोल्ड गायन तारा घोषित भएकी हुन ।
त्यसै गरी मेरिगोल्ड गायन तारा २०८१ को फस्ट रनर अफ भुमिका गौतम बन्न सफल भएकी छन भने सेकेन्ड रनर अफ काव्या नेपाल बनेकी छन ।
अन्य प्रतिस्पर्धिहरुमा सोपिया थापा , सुदिक्षा दाहाल , रिदिमा ढकाल , अक्षता सिवाकोटी , प्रास्था मगर , निर्देश कोईराला र सक्सेस दुलाल रहेका थिए ।
प्रतियोगिताको निर्णायकमा सनलाईट संगित बिद्यालयका संचालक , संगितकार कृष्ण योन्जन र संगित साधना कला केन्द्र सुरुङ्गाका संस्थापक , संगितकार धुर्व पाठक रहेका भिए ।
विद्यालयले गत बर्षबाट सुरु गरेको मेरिगोल्ड तारा छनौटमा पहिलो मेरिगोल्ड तार सुवास पाठक घोषित भएका थिए । यस कार्यक्रमलाई हरेक बर्ष निरन्तरता दिदै जाने बिद्यालयका प्रअ गोकुल उप्रेतीले वताएका छन ।
गायन तारा छनौटकालागी गरिएको मेरिगोल्ड साझ २०८१ कार्यक्रममा प्रतियोगी बिद्यार्थीहरुले प्रतक्ष बाद्यवादनमा गित प्रस्तुत गरेका थिए । बाद्यवादनमा किबोर्डमा बिमल बुढाथोकी , हार्मोनियममा तुलसा तिम्सिना पाठक , तवलमा दिनेश घिमिरे , प्याड्रममा राजु तामाङ र गिटारमा फिरोज रसाईलिले साथ दिएका थिए । कार्यक्रममा बिद्यालयका बिद्यार्थीहरुले बिभिन्न नृत्य प्रस्तुत गर्नुका साथै तबला वादन समेत प्रस्तुत गरेका थिए ।
पढाईका साथसाथै बिद्यालयले अतिरिक्त कृयाकलाप अन्तर्गत खेलकुद , वक्तृत्वकला, चित्रकला , नाटक , नृत्य, स्काउट लगायतका अन्य धेरै विधामा बिद्यार्थीलाई सहभागी गाउदै आएको र सोही अनुसार गायन बिधामा रुचि रहेका बिद्यार्थीहरुका लागी बिद्यालयमा संगित शिक्षक समेत राखेर बिद्यार्थीलाई प्रशीक्षण गराउदै तिनै बिद्यार्थीहरु बिचबाट चरणबद्ध प्रतियोगिता गरी मेरिगोल्ड गायन तारा छनौट गरिएको बिद्यालय संचालक समिति अध्यक्ष वेनु प्रसाद उप्रेतीले जानकारी दिए ।
बिद्यालयका प्रअ गोकुल उप्रेतीको अध्यक्षताम भएको कार्यक्रममा जिल्ला प्याब्सन सदस्य मोहन थापा , बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष तथा संचालक निलकृष्ण उप्रेती , सदस्य टिकाराम अधिकारी , विवेक शिवाकोटी , डिल्ली प्रसाद मैनाली , पुर्व बिद्यालय ब्यवस्थापन समितिका सदस्य प्रकाश चन्द्र पौडेल , बिद्यालयका पुर्व सल्लाहकार डा पुण्यप्रसाद पौड्याल , ग्लोवल एडुकेयर एकेडेमीका पिन्सिपल विमान लामा , शैक्षिक एवं सामाजिक ब्यक्तित्व ओम पाठक , टिका लामिछानेले लगायतको आतिथ्य रहेको थियो ।
बिद्यालयका अभिभावक , बिद्यार्थी साथै अन्यको समेत उल्लेख उपस्थिती रहेको भब्य साङ्गितिक कार्यक्रममा उपस्थित सबैलाई स्वागत विद्यालय संचालक समितिका अध्यक्ष वेनुप्रसाद उप्रेतीले गरेका थिए भने कार्यक्रम संचालन बिद्यार्थी द्वय आदित्य बुढाथोकी र नितेस विकले गरेका थिए ।
ऋजगमबmबलष् कभलत द्ध उजयतयक