
कनकाई अनलाईन
११५ औ अन्तराष्ट्रिय नारी दिवशका दिनदेखि झापाको सुरुङ्गास्थित जामुनखाडी सिमसारमा झापा जिल्ला स्तरीय महिला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।
यहाँस्थित कनकाई खेलकुद प्रतिष्ठानको आयोजना तथा कनकाई नगरपालिकाको आर्थिक सहयोगमा ९ औ महिला फुटबल कप हुन लागेको हो ।
झापाको कनकाई नगरपालिका २ स्थित जामुनवारी सिमसारको खेल मैदानमा भोली शनिवारदेखि हुन लागेको फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी पूरा गरिसकिएको पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको छ । आगामी चैत्र २ गतेसम्म आयोजना हुने प्रतियोगितामा झापाको कनकाई नगरपालिकाबाट मात्रै २ वटा फुटबल टिम रहेका छन । जसमा घैलाडुब्बा महिला फुटबल क्लव र सुरुङ्गा महिला फुटबल क्लवले पहिलो पटक प्रतियोगितामा सहभागिता जनाउँदै छन । जम्मा ८ टिम सहभागि प्रतियोगितामा बाह्रदशी गाउँपालिका, धुब्रतारा दमक, काँकडभिट्टा महिला, शिवसताक्षी महिला, गौरादह, बुद्धशान्ति महिला फुटबल क्लवले प्रतियोगितामा सहभागि रहने प्रतियोगिताको प्रचार प्रसार समिति संयोजक सञ्चारकर्मी समेत रहेका रामप्रसाद निरौलाले जानकारी दिनुभयो । यता प्रतियोगितामा प्रथम पुरस्कार नगद १ लाख १ हजार र दोस्रो पुरस्कार ५१ हजार रुपैँया रहेको छ । प्रथम पुरस्कारको थप प्रायोजन कनकाई नगरपालिकाले गर्ने समेत आयोजक समितिका अध्यक्ष छवि थपलियाले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
यस प्रतियोगितामा जम्मा ६ लाख ४० हजार २०० रुपैँया खर्च लाग्ने खेल समितिकी संयोजक गिता खरेलले जानकारी दिनुभयो ।
प्रतियोगिता भव्य र सम्भ रुपमा सम्पन्न गर्न सबैको सहयोग अपरिहार्य रहेको कनकाई नगरपालिका २ का वडाअध्यक्ष प्रताव राईले बताउँनुभयो ।
जामुनवारी सामुदायिक वन र जामुनखाडी स्र्पोटिङ क्लवको सहआयोजना रहेको प्रतियोगिताको तयारीका वारेमा कनकाई खेलकुद प्रतिष्ठानका संस्थापक अध्यक्ष ज्योतीकुमार उप्रेती, जामुनवारी सामुदायिक वन समुहकी कार्यवाहक अध्यक्ष रेणुका खबास, सचिव दिपक ओली लगायातले जानकारी दिनुभएको थियो ।


