
कनकाई अनलाईन
पछिल्लो समय झापामा माओवादीको क्रेज बढ्दै गएको छ । जिल्लामा सबैभन्दा कमजोर जनसंगठन मानिएको कनकाईमा समेत माओवादीको क्रेज बढेसगै स्थानीय नेता कार्यकर्तामा उत्साह थपिएको छ ।
यसैविच एमालेका तत्कालिन प्रदेश सरकारका कृषि तथा सहकारीमन्त्री हिराकुमार थापाका स्वकीय सचिव तथा अखिलका जिल्ला नेता अनुप भण्डारी माओवादी केन्द्रमा प्रवेश गरेका छन ।
उनी एमाले पार्टीमा नेताले आफ्ना आसेपासेलाई मात्रै अवशर दिएको र पछिल्लो समय एमालेपार्टी जनताबाट टाडा रहेको भन्दै जनताको पार्टीलाई रोजेको भण्डारीले बताए । भण्डारीले एमाले पार्टीले आफ्नो पार्टी कार्यालय बनाउन भ्रष्टाचारको मुद्धा खेपीरहेका मिनबहादुर सग जमिन र घर दानमा लिएको केवरकार निर्माण गर्नका लागि कुनै व्यापारीका फाईदाका लागि जनतालाई गोली ठोकेको भन्दै जनताबाट एमाले तस्कर समुहको हातमा पुगेको भन्दै उनीले पार्टी परित्याग गरेको बताए ।
भण्डारीलाई नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा झापा जिल्ला इन्चार्ज समेत रहनुभएका अखिल क्रान्तिकारीका पुर्व केन्द्रिय अध्यक्ष रन्जित तामाङ, माओवादीका केन्द्रिय सदस्य तथा पुर्व कृषि मन्त्री झलकसिंह दर्लामी शन्देश, माओवादीका जिल्ला संयोजक अग्नि, अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य नविन सिटौला लगायातले स्वागत गरेका हुन । अनुप तत्कालिन समयमा एमाले र माओवादी एक भएर बनेको नेकपा ताका विद्यार्थीका कनकाई नगर अध्यक्ष समेत रहेका थिए भने उनी एमाले माओवादी अदालतले छुट्टाएसगै माधव नेपाल समुह हुदै १० भाई समुह योगेश भट्टराई, रविन कोईराला समुहमा आवद्ध थिए ।