Kanakai Online

मनिङ ग्लोरी सुरुङ्गाकी छात्रा दिव्या सिग्देल चित्रकलामा प्रथम


आइतवार, फागुन ११, २०८१ |

कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका १ स्थित मनिङ्ग ग्लोरी अंग्रेजी माविकी छात्रा दिव्य सिग्देल प्रदेश स्तरीय चित्रकला प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल भएकी छिन ।
विद्यालयकी एलकेजीकी छात्रा सिग्देलले कसमस एजुकेसनल ट्रेनिङ एण्ड रिसर्च प्रालि काठमाण्डौले शनिवार बिराटनगरमा आयोजना गरेको प्रदेश स्तरीय चित्रकला प्रतियोगितामा सय वढी प्रतिस्पर्धीलाई पछाडि पार्दै प्रदेश प्रथम भएकी हुन । उनलाई पुर्वाञ्चल विश्वविद्यालयका उपकुलपति डाः प्राः बिजुकुमार थपलिया लगायातले पुरस्कृत गर्नुभयो । सिग्देलले नगद १५ हजार सहित ट्रफि र प्रमाणपत्र प्राप्त गर्नुभयो । यसरी सानो गाउँ ठाउँका विद्यार्थीहरुले समेत शहरका ठुला स्कुल भनिएकाहरुलाई समेत पराजित गरेर प्रथम स्थान हासिल गर्न सफल बनेको मनिङ् ग्लोरी अंग्रेजी विद्यालयका संस्थापक अशोक न्यौपानेले बताउँनुभयो ।