कनकाई अनलाईन
फागुन–आगलागी पीडित यहाँका एक परिवारलाई राजनीतिकर्मी तथा सामाजिक ब्याक्तित्व दुर्गा नेम्बाङको नेतृत्वमा आर्थिक सहयोग जुटाएका छन् ।
नेता नेम्बाङको पहलमा सङ्कलित रु २० हजार रुपैंयाँ आज (बिहिबार) आगलागी पीडित शिबसताक्षी–१ धरमपुरका टंकप्रसाद गड्तौलालाई भेटघाट गर्नुका साथैं सङ्कलित आर्थिक सहयोग हस्तान्त्रण गरिएको हो ।
आज (बिहिबार) एक कार्यक्रमबीच नेम्बाङले गड्तौलालाई स्थानीयहरुको उपस्थितिमा आर्थिक सहयोग हस्तान्त्रण गर्नुभएको छ ।
नेकपा (माओवादी केन्द्र) जिल्ला कमिटी झापाका सदस्य समेत रहनुभएका शिबसताक्षी–१ धरमपुरका नेम्बाङले साह्रो–गाह्रो र अपठ्यारोमा सहयोग गर्नु नै मानबताबीचको असल अनि इमान्दारीतासहितको प्रेम हुने बताउनुभयो । नेता नेम्बाङले गड्तौला परिवारको आर्थिक तथा परिवारीक अवस्था कमजोर भएको बताउनुभयो ।
गत फागुन १ गते बिहिबार, गड्तौलाको घर आगलागीमा परेर खरानी भएको थियो । आगलागीबाट गड्तौलाको घर जलेर खरानी भएको थियो ।
नेता नेम्बाङका अनुसार आगलागी पीडित गड्तौला धरमपुरस्थित परदेशी चौकको निजी घरमा आफ्नो नातिनीसंग बस्दै आएका थिए । ८६ बर्षिय गड्तौलाका ८ छोरीहरु र २ जना छोराहरु छन् । तर, पछिल्लो समय गड्तौला आफ्नो नातिनीसंग बसोबास गरिरहेका थिए ।
विद्युत सेवा विस्तार, बिद्युतको पोल र क्षमतासेवा, सिचाई, कृषि, नदी नियन्त्रण, सडक निर्माण, शान्त्सिुरक्षा, स्वास्थ्य, लागुऔषधविरुद्ध जनचेतना, खेलकुद, साहित्य र सरसफाई लगायतका कार्यमा नेता नेम्बाङले महत्वपूर्ण भूमिका पुर्याउँदै आइरहनुभएको छ ।
यसैबीच, नेता नेम्बाङले आगलागी पीडित गड्तौला परिवारलाई सहयोग उपलब्ध गराउनुभएको हो । सो क्रममा नेता नेम्बाङले रुपैयाँको हिसावले यो सहयोग सानै भएनी, तत्कालका लागि गड्तौला परिवारलाई यो सहयोग ठूलो हुनसक्ने बताउनुभयो ।
घर आगोले खरानी भएपछि, गड्तौला परिवार खुल्ला आकाश मुनी जीवन बिताइरहेका छन् । नगर र वडा कार्यालयसहित स्थानीयवासीहरुले दिएको सहयोगको भरमा गड्तौला परिवारको जीवन गुज्रिरहेको छ । आगलागी पीडित गड्तौलाको अवस्था कमजोर रहेको र सहयोगको आवश्यक रहेको नेता नेम्बाङले बताउनुभयो ।