Kanakai Online

कनकाई इसाई समाजको रजत महोत्सव


बिहिवार, फागुन ८, २०८१ |

डिबी सिलास राई
कनकाई नगर ईसाई समाजले प्रजातन्त्र दिवशका दिन विविध कार्यक्रमका विच आफ्नो २५ औ रजत महोत्सव मनाएको छ ।
पुर्वकै पर्यटकिय स्थल जमुनखाडी सिमसारको सभाहलमा भएको कार्यक्रममा कनकाई नगर इसाई समजका अध्यक्ष लक्ष्मीकुमार राईको सभापतित्वमा तथा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्यता रहेको थियो । कुमार राईले सञ्चालन गरेको कार्यक्रममा प्रमुख वक्तामा भारत सिलुगुडीका पास्टर माधव उपाध्यय रहनुभएको थियो । कार्यक्रममा नगरप्रमुख पोखरेल वडाअध्यक्षहरु, झापा जिल्ला इसाईसमाजका अध्यक्ष इसहाक विक, उपाध्यक्ष लालबहादुर दाहाल, सचिव तारा दहाल र कनकाई र दमक नगरभरका पास्टरहरुको आतिथ्यता रहेको थियो । सोही कार्यक्रममा समाजसेवी शेरबहादुर थापा, नेपाली कांग्रेसका नेता एकराज उप्रेती लगायातले मन्तव्य राख्नुभएको कार्यक्रममा र दमक नगर इसाईसमाजका अध्यक्ष हेमन्त सुब्बा रहनुभएको कार्यक्रममा नेपाली काङ्ग्रसका नेता एकराज उप्रेती समाज सेबि सेरबहादुर थापा र नगर प्रमुख राजिन्द्र पोख्रेल्ले शुभकामना मनतब्य दिनु भएको थियो । कार्यक्रममा प्रमुख वक्ता उपाध्यायले मैले वेदबाटनै मैले ऐशुलाई पाए भन्दै प्रवचन दिनुभएको थियो । उहाँले सबै धर्मको सार भनेकै मानवकल्याण भएको बताउँनुभयो ।