कनकाई अनलाईन
झापाको कनकाई नगरपालिकामा आयोजित सातौ अन्तरपालिका फुटबल प्रतियोगिताको उपाधि भद्रपुर नगरपालिकाले हात पारेको छ ।
बुधवार हिजो सम्पन्न फाईनल खेलमा भद्रपुरले झापाकै गौरीगञ्ज गाउँपालिकालाई ३—१ गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो । उपाधिसगै भद्रपुरले नगद १ लाख १५ हजार रुपैँया प्राप्त गर्यो, उपबिजयी बनेको गौरीगञ्जले नगद ६१ हजार प्राप्त गर्यो । बिजयी तथा उपबिजयी खेलाडीहरुलाई झापा क्षेत्रनम्बर ४ का सांसद एलपीसाँबा लिम्बु, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, उपप्रमुख आशाशर्मा शिवाकोटी, गौरीगञ्ज गाउँपालिका उपप्रमुख पुजन कुँबर लगायातले नगद र ट्रफि प्रदान गर्नुभयो ।
भद्रपुरका लागि सन्देश राईले एक्कैले २ गोल गर्दा परदेशी टुडुले थप १ गोल गर्नुभयो । गौरीगञ्जका तर्फबाट विनोद मर्डीले सान्तना गोल फर्काउनुभयो ।
भद्रपुरका खेलाडी प्रदेशी टुडु म्यान अफ द म्याच बन्दै नगद २ हजार १ सय नगद प्राप्त गर्नुभयो । यस्तै, भद्रपुरको खेलाडी आमोश टुडु बेस्ट किपर, चन्द्र प्रधान बेस्ट डिफेन्डर, सन्देश राई सर्वाधिक गोलकर्ता र गौरिगञ्जका खेलाडी विनोद मर्डी बेस्ट मिडफिल्डर हुदै जनही नगद ३ हजार एक प्राप्त गर्नुभयो ।
भद्रपुरका खेलाडी रोहन सुब्बा म्यान अफ द सिरिज बन्दै नगद ५ हजार १ सय पुरस्कार प्राप्त गर्नुभयो । प्रतियोगिता कनकाई माविको खेल मैदानमा कनकाई खेलकुद प्रतिष्ठानको आयोजना र कनकाई नगरपालिकाको आर्थिक सहयोगमा सम्पन्न भएको हो ।


