कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका सुरुङ्गामा प्रजातन्त्र दिवशको अवशर पारेर आयोजित रक्तदान कार्यक्रममा ३० पिन्ट रगत संकलन गरिएको छ ।
सुरुङ्गा सहकार्य युवा क्लव, रेडक्रस सोसाईटी उपसाखा सुरुङ्गा र जेसिजको आयोजनामा भएको रक्तदानमा ९ जना महिला सहित ३० पिन्ट रगत संकलन गरिएको आयोजक समितिका अध्यक्ष सुमन कार्कीले बताउँनुभयो ।
रक्तदान कार्यक्रमका संयोजक भीम राजवंशीका अनुसार देशमा भइरहेको रगत अभाव र सामुदायिक उत्तरदायित्व अन्र्तगत अन्य संस्थाको सहकार्यमा सुरुङ्गा चौकमा रक्तदानको कार्यक्रम राखिएको हो ।
रेडक्रस सोसाईटी उपसाखा सुरुङ्गाका सभापति गोपाल उप्रेतीको सभापतित्व तथा कनकाई नगरपालिकाकी उपप्रमुख आशाशर्मा शिवाकोटीको प्रमुख आतिथ्यतामा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।