Kanakai Online

झापाली समाज इजरायलको अध्यक्षमा मुना सिटौला सर्वसम्मत


सोमवार, फागुन ५, २०८१ |

कनकाई अनलाईन
झापाली समाज इजरायलको अध्यक्षमा मुना सिटौला सर्वसम्मत चयन हुनुभएको छ ।
झापाली समाज इजरायलको छैठौ अधिवेशनले सिटौलाको अध्यक्षतामा नयाँ समिति चयन गरेको हो । अधिबेशनले सन २०२५/२०२७ कार्यकालको लागि झापाली समाज इजरायलको नयाँ अध्क्षयमा मुना सिटौला अधिकारीलाई सर्वसमत चयन गरेको छ ।


नेपालका लागि इजारायली राजदूत धनप्रसाद पण्डितको प्रमुख आथित्यमा सम्पन्न छैटौं अधिवेशनको विशिष्ट अतिथिमा अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष मुकुन्द ढुङ्गाना र अन्तर्राष्ट्रिय झापाली समाजका निवर्तमान अध्यक्ष दीपकप्रसाद ओली लगायात रहनुभएको थियो ।

अधिवेशन कार्यक्रमको सभापतित्व समाजका निवर्तमान अध्क्षय दुर्गाप्रसाद चापागाईले गर्नुभएको थियो ।

झापाली समाज इजरायलको छैटौं अधिवेशनका निर्वाचन समितिका संयोजक खेमराज जमरकट्टेलद्वाराले बताउँनुभएअनुसार मुना सिटौला अधिकारीको नेतृत्वमा ३५ सदस्यीय नवनिर्वाचित कार्यसमितिका चयन भएको हो ।

जसमा वरिष्ठ उपाध्यक्षमा पवित्रा बजगाईं, उपाध्यक्षहरुमा विष्णु उप्रेती, रमा बुढाथोकी, पायल कटुवाल र दिवस शर्मा रहनुभएको छ । यसैगरी महासचिवमा राजेन्द्र उप्रेती, सचिवमा बुद्धि ढकाल, सचिवमा पारस घिसिङ तामाङ, सह–सचिवमा मिलन चुडाल, समावेशी सह–सचिवमा याक्थुङमा काङवा र कोषाध्यक्षमा रमेश कार्की यसैगरी सह–कोषाध्यक्षमा मदन आचार्य र सदस्यहरुमा मनोज गोले तामाङ, विज्ञान नेपाल, जानुका चापागाईं, निलु थपलिया, विश्व खरेल, विशेष डाँगी, राजीव कठेत, दिपेन श्रेष्ठ, जनक न्यौपाने, तिलविक्रम योङहाङ, सुस्ता मेन्याङ्गबो, संगीता कडरिया, मदन भट्टराई, हेमराज बिष्ट, कला निरौला अधिकारी, धर्म बराल, शर्मिला सिटौला शिवाकोटी, कमला देवी शिवाकोटी, दिपेन्द्र के.सी, खगेन्द्र प्रसाद खरेल र चन्द्रकुमार खड्का रहनुभएको छ । हाल अन्तराष्ट्रिय झापाली समाजको अध्यक्षमा मुकुन्द ढुङ्गाना निर्वाचित हुनुभएसगै विश्वभरमा छरिएर रहेका प्रवाशी झापालीहरुको संगठन विस्तार र अधिवेशन गर्दै आउनुभएको छ ।

सम्बन्धित खबर