
कनकाई अनलाईन
झापा कनकाई नगरपालिकास्थित कनकाई बहुमुखी क्याम्पस लक्षित सिलाई कटाई कार्यक्रम कनकाई क्याम्पसमा सुरु भएको छ ।
नेपाल भारत मैत्री संघ सुरुङ्गा उपसाखाको आयोजनामा सञ्चालित ३ महिने तालिमको उपसाखाका केन्द्रिय सदस्य समेत रहनुभएका कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाका अध्यक्ष प्रकाश चुडालले गर्नुभयो । उहाँले कनकाई क्याम्पसमा अध्यानगर्ने छात्राहरुलाई अध्यानसगै सीप समेत आर्जन गराउन दातृ निकायको सहयोगमा तालिम सुरु गरिएको र यसलाई क्याम्पसमा निरन्तता दिदै जाने बताउँनुभयो । क्याम्पसका विद्यार्थी र अन्य सीप सिक्न चाहनेहरुलाई लक्षित गरेर तालिमको आयोजना गरिएको समेत चुडालले बताउँभयो । तालिम उदघाटन कार्यक्रममा कनकाई सामुदायिक वन समुहका अध्यक्ष ख्याप्रसाद ओली, कनकाई बहुमुखी क्याम्पसका प्रमुख विकास उप्रेती लगायातले कार्यक्रम सफलताको सुभकामना राख्नुभएको थियो । नेपाल भारत मैत्री संघ सुरुङ्गाका अध्यक्ष अर्जुन बोहोराको सभापतित्व उपाध्यक्ष यदुनाथ अधिकारीको स्वागत र कार्यक्रम संयोजक कविता बस्नेतले कार्यक्रको औचित्यमाथि प्रकाश पार्नुभएको कार्यक्रमको सञ्चालन सचिव गोमादेवि कार्कीले गर्नुभएको थियो ।
नेपाल भारत मैत्री संघ सुरुङ्गा उपशाखाको आयोजना केन्द्रिय कार्यालयको आर्थिक सहयोगमा ३ महिने आधारभुत सिलाई कटाई तालिममा सहभागिलाई अम्बिका भण्डारीले प्रशिक्षण दिदै हुनुहुन्छ ।