
कनकाई अनलाईन
पुर्वकै सबैभन्दा बढी दाह सस्कार गरिदै आएको झापाको कनकाई नगरपालिका ४ कनकाई माईको पुर्वि तटमा रहेको कनकाई घाट संस्थाको अध्यक्षमा खेमनाथ मिश्र सर्वसम्मत चयन हुनुभएको छ ।
संस्थाको दशौ बार्षिक साधारणसभा तथा छैटौं अधिवेशनले अघिल्लो समितिमा बरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हाली सक्नुभएका मिश्रलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।
संस्थाकको माघ ३ गते भएको साधारणसभामा कोरम नपुगे पछी बन्द सत्र स्थगित भएको थियोे । दोस्रो पटक माघ १२ गते पनि कोरम नपुग्दा तेस्रो तथा अन्तिम पटक फागुन ३ गते गरिएको अधिवेशनबाट मिश्र सर्वसम्मत अध्यक्षमा चयन हुनुभएको हो ।
त्यसैगरी संस्थाको बरिस्ठ उपाध्यक्षमा डिल्लीराम मैनाली , उपाध्यक्षमा खेमराज कार्की , महासचिवमा गोपाल खरेल , सचिवमा टिकाप्रसाद जम्मरकट्टेल र कोषाध्यक्षमा अम्बिका खरेल सर्वसम्मत चयन हुनुभएको निर्वाचन समितिका संयोजक तिर्थराज खरेलले जानकारी दिनुभएको छ ।
त्यसैगरी संस्थाको सदस्यहरुमा राधिका कडरिया , भरत कुमार ढकाल , दयान्नद वंसल , नरेन्द्र प्रसाद फुयाल , चन्द्र मैनाली ( भतिज ) , डम्बर बहादुर बस्नेत , भगवती कटुवाल , टिकाराम बराल , बृहस्पति पाण्डे , रमेश सेडाई र सरोज मैनालि सर्वसम्मत चयन हुनुभएको निर्वाचन समितिका संयोजक खरेलले जानकारी दिनुभएको छ ।
बन्दसत्रले संस्थाको लेखा समिति समेत सर्वसम्मत चयन गरेको छ । लेखा समिती संयोजकमा डम्बर प्रसाद फुयाल र सदस्यमा भिष्म मैनालि र डिल्लिराम पाठक सर्वसम्मत चयन हुनुभएको छ ।
अधिवेशनले नयाँ कार्यसमिति चयनका लागी निर्वाचन समिति संयोजकमा तिर्थराज खरेल र सदस्यहरु सोमनाथ उप्रेती र भवानी लुईटेल रहनु भएको निर्वाचन समिति चयन गरी जिम्मेवारी सुम्पेको थियोे भने निर्वाचन समितिले सर्वसम्मत रुपमा समिति चयनका लागी संस्थापक अध्यक्ष प्रभाखर कडरियको सम्योजकत्वमा सल्लाहकार डा. पुण्यप्रसाद पौड्या , यमनाथ सेडाई , तिलचन उप्रेती समेतको सहजिकरण
समिति बनाई आवाश्यक प्रक्रिया सुरु गरेको थियो ।
सहजिकरण समितिको प्रयासमा ६ जना अध्यक्षका दावेदारहरु बिचबाट सहमति जुटाउदै निर्वाचन समितिले कार्यसमिति सर्वसम्मत रुपमा चयन गर्न सफल भएको हो ।
संस्थामा संस्थापक सदस्य, आजीवन सदस्य, विशिष्ट सदस्य, संरक्षक सदस्य एवम् विशिष्ट संरक्षक समेत गरेर १ हजार १ सय ६१ जना सदस्य रहनु भएको छ ।