![](https://kanakaionline.com/wp-content/uploads/2025/02/476910222_966070398470217_5815397669035144683_n-1024x576.jpg)
कनकाई अनलाईन
जसपा नेपालका पुर्व कोशी प्रदेश अध्यक्ष प्रविण चाम्लिङ्ग सहित करिब १ हजार जना व्यक्तिहरु अन्य विभिन्न पार्टीका सङ्गठित तथा स्वतन्त्र व्याक्तिहरु आज नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन ।
![](https://kanakaionline.com/wp-content/uploads/2025/02/477007187_985690096270515_6643435478954963146_n-1024x463.jpg)
शनिवार दमकमा पार्टीको दोस्रो नगर सम्मेलनमा आयोजित कार्यक्रममा चाम्लिङ्ग सहित अन्य व्याक्तिहरुलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वागत गर्नुभयो । सो अवशरमा नेपाली कांग्रेस, एमाले, राप्रपा, जसपा लगायातका विभिन्न पार्टी परित्याग गरि माओवादीमा प्रवेश गरेका थिए ।
![](https://kanakaionline.com/wp-content/uploads/2025/02/477023889_644352804815959_2058444310370476928_n-1024x472.jpg)
दमकमा आयोजित नगरसभामा बोल्दै पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बर्तमान सरकार संविधानलाई कमजोर बनाउन लागिपरेको बताउँनुभयो । बर्तमान सरकारका नेतृत्वकर्ता केपी शर्मा ओली शक्ति र शक्तामा पुग्ने वित्तिक्कै जनताका प्राप्त सबै हक अधिकारलाई एक्कैपटक खोस्न उद्यत रहेको बताउँनुभयो । अझ हालको संविधानलाई ओलीजी शक्तिमा पुग्ने वित्तिक्कै संविधाननै च्यात्नेछन । यसका लागि हामीले खबरदारी गरिहेका छौ गर्नेछौ । आफुहरुले भ्रष्टाचारको बिरोध गरेकै कारण शक्ताबाट बाहिर निकालेको बताउँदै आफु सक्ताबाट बाहिर निस्केसगै भ्रष्टाचारको निरन्तर सडक र सदनबाट देशव्यापी अभियान सञ्चालन गर्ने बताउँनुभयो । प्रचण्डले आफुले जनयुद्धमार्फत देशमा सबै बर्ग समुदायको हकअधिकार रक्षा र संघिय गणतन्त्रको उपलब्धि हासिल गरेको अबको आफ्नो सबै ध्यान र आन्दोलन प्राप्त हक अधिकार रक्षा र भ्रष्टाचार बिरुद्धको अभियानमा रहने समेत प्रचण्डले बताउँनुभयो ।
आफूले तेस्रोपटक प्रधानमन्त्रीको जिम्मेवारी लिएपछि भ्रष्टाचारविरुद्ध युद्ध लड्ने नयाँ सङ्कल्प लिएको र सरकारबाट बाहिरिएपछि सुशासनको एजेण्डालाई लिएर देशव्यापी अभियान थालेको स्मरण गराउँदै उनले अब पार्टीले देशव्यापी अभियानको रूपमा यसलाई अघि बढाउने बताए ।
‘मैले सरकारको नेतृत्व गर्दा भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षमा, विभेदका विरुद्ध सामाजिक न्यायका पक्षमा र आर्थिक संकटबाट देशलाई मुक्त गरेर आर्थिक सुधारको वातावरण बनाउन जुन अभियान थालेको थिएँ, अब यो पार्टी र जनताको अभियान बनेको छ,’ उनले भने, ‘यो निरन्तर अघि बढ्ने छ ।’
उनले अहिले एकथरि शक्तिहरू संविधान कमजोर बनाउनतिर लागिरहेको पनि बताए । ‘अहिलेका प्रधानमन्त्री जति बेला शक्तिमा पुग्नुहुन्छ, यो संविधान च्यात्न खोज्नुहुन्छ किनकि यो संविधान उहाँलाई मन परेको छैन । संघीयता र उत्पीडित समुदायले अधिकार पाएको उहाँलाई मन परेको छैन,’ अध्यक्ष प्रचण्डले भने,‘केही शक्तिहरू अहिले पनि कहीँ न कहीँ प्रतिगमन चाहन्छन् । हामी जनताको अधिकार अझै थप गर्नुपर्छ भन्ने पक्षमा छौँ ।’
आफूले जनयुद्धमार्फत संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने अभियानको नेतृत्व गर्ने अवसर पाएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब भ्रष्टाचारविरुद्धको अभियानलाई तीव्र बनाउँदै समाजवादी क्रान्तिका लागि निरन्तर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । सामन्तवादविरुद्ध ऐतिहासिक भूमिका निर्वाह गरेको पूर्वले अब समाजवादी क्रान्तिको अगुवाइ गर्ने आफ्नो विश्वास रहेको पनि उनले स्पष्ट गरे ।
‘पूर्व यसै पनि सामन्तवादका विरुद्ध केन्द्रबिन्दु रह्यो । विराटनगरको मजदुर आन्दोलन, झापा बिद्रोह हुँदै सामन्तवादका विरुद्धको आन्दोलनमा पूर्वका जनताको राजनीतिक चेतना र संघर्ष ऐतिहासिक छ,’ अध्यक्ष प्रचण्डले भने, ‘तर, यहाँका नेताहरूले कता कता पूर्वलाई धोका दिने गरेको यहाँहरूले नै महसुस गरिरहनुभएको छ, जसरी हिजो सामन्तवादका विरुद्ध पूर्वले लडाई लड्यो, अब भ्रष्टाचारविरुद्धको अभियान प्रभावकारी बनाउँदै समाजवादी क्रान्तिको लडाइँको नेतृत्व गर्न पनि पूर्व तयार हुनेछ भन्ने विश्वास लिएको छु ।’
अध्यक्ष प्रचण्डले पहिलोपटक प्रधानमन्त्री हुँदा मध्यपहाडी लोकमार्ग, मदन भण्डारी लोकमार्ग, उत्तरदक्षिण कोरिडोरको अवधारणा अघि बढाएको र दोस्रोपटक प्रधानमन्त्री हुँदा पहिचान पक्षधर शक्तिलाई विश्वासमा लिएर संविधान कार्यान्वयन गर्ने देशलाई १८ घण्टे लोडसेडिङबाट मुक्त गर्ने अभियानको नेतृत्व गर्न पाउँदा गर्व महसुस भएको बताए । तेस्रो पटक प्रधानमन्त्री हुँदा सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानसँगै नेपाल, भारत र बंगलादेशबीच त्रिदेशीय विद्युत् व्यापार सम्झौता, दश वर्षमा दश हजार मेगावाट विद्युत् निर्यात गर्ने सम्झौता र सीमा समस्या समाधानदेखि चीनसँग आठ वटा परम्परागत नाका खोल्ने र कृषि उत्पादन वृद्धिका लागि समझदारी गर्ने काम अघि बढाएको उनले स्पष्ट गरे ।
संयुक्त राष्ट्रसंघको महासभा, खाद्य सम्मेलन र जलवायु परिवर्तन सम्मेलनमा नेपाल र नेपालीको पक्षमा दृढताका साथ मत राखेको स्मरण गराउँदै उनले देशभित्र र देशबाहिर नयाँ रेकर्डहरु बन्न थालेपछि यी अभियान मन नपरेर दलाल, भ्रष्ट र बिचौलियाहरूले सरकार ढालेको बताए । अब सरकारबाट बाहिरिएपछि देशव्यापी जनताको बिचमा गएर सुशासनको अभियानको नेतृत्व गर्ने अवसर पाएको र यसले जनतामा माओवादीप्रति नयाँ आकर्षण सुरु भएको उनको भनाई थियो ।
यसैविच प्रचण्डले सरकारले पाथिभरा केवलकारको विवादमा जोरजवरजस्ती गरेमा आफ्नो पार्टी त्यसको खिलापमा रहने समेत बताउँनुभयो ।
प्रचण्डले सोही अवशरमा पाथिभरा केवलकार , पुर्वराजाको हिमालयन गुडरिक चिया बगान, भुतपुर्व सैनिक, सुकुम्वासी समस्या, औद्योगिक पार्क लगायातका समस्याबाट ज्ञापनपत्र समेत लिनुभएको थियो ।