कनकाई अनलाईन
माओवादी केन्द्र कनकाई नगर कमिटीका सहसचिव कृष्ण खतिवडालाई पार्टीले साधारण सदस्य समेत नरहने गरी कार्वाही गरेको छ ।
पार्टीका नगर अध्यक्ष यामनाथ सेडाईँ तथा सचिव बिष्णुप्रसाद बिमलीद्धारा जारी विज्ञप्तिमा खतिवडाले गत स्थानीय उप निर्वाचन मंसिर १६ गते कनकाई नगरपालिका ६ मा आफ्ना पार्टीका उम्मेद्धार गणेश थापालाई हराउन शंकास्पद भुमिका खेलेको र पार्टीले यसवारेमा ३ दिने स्पट्रीकरण सोध्दा पार्टीलाई स्पट्रीकरण दिनुको साटो उल्टै फेसबुकमार्फत पार्टीलाई अर्नगल आरोप लगाएको भन्दै खतिवडालाई साधरण सदस्य नरहनेगरी कारवाही गरी निष्कासन गरिएको पार्टीका अध्यक्ष यामनाथ सेडाईँले विज्ञप्ति मार्फत जनाएका छन ।