Kanakai Online

बिर्तामोडमा एकजनाको लाईसेन्स परिक्षा अर्काेले दिँदा २ पक्राउ


मङ्गलवार, माघ २९, २०८१ |

कनकाई अनलाईन
झापा बिर्तामोडमा एकजनाको नाममा अर्काे व्यक्तिले मोटरसाइकलको लाइसेन्स परीक्षा दिँदै गर्दा दुवैजनालाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ ।
यातायात व्यवस्था कार्यालय झापाबाट कान्तिपुर ट्रायल सेन्टर बिर्तामोडमा आइतवार संचालन भएको ए.के. वर्गको प्रयोगात्मक परीक्षामा इलाम माङसेबुङ गाउँपालिका ३ बस्ने ३४ वर्षीय सुजन राईको सट्टामा पाँचथर मिक्लाजुङ गाउँपालिका ४ बस्ने ३८ वर्षीय सुजन राईले परीक्षा दिँदै गरेको अबस्थामा दुवैजनालाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले उनीहरुलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बिर्तामोडमा बुझाएको छ । दुवैजनालाई म्याद थप गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडमा प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक प्रकाश विष्टले बताउँनुभयो ।