कनकाई अनलाईन
झापाको कनकाईमा जारी सातौ जिल्ला अन्तरपालिका स्तरीय फुटबल प्रतियोगिता “कनकाई कप २०८१” को चौथो दिनको खेलमा कचनकवललाई लाई पाखा लगाउदै कनकाई क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
कनकाई खेलकुद प्रतिष्ठानको आयोजना तथा कनकाई नगरपालिकाको आर्थिक सहयोगमा कनकाई माविको खेल मैदानमा जारी प्रतियोगिताको चौथो दिन सोमबार कचनकवल र कनकाई बिच भएको खेलमा कचनकवललाई पेनाल्टी सुटआाउटबाट हराउदै कनकाई क्वाटर फाईनलमा प्रवेश गरेको हो ।
खेलको पहिलो हाफको २० औ मिनेटमा कचनकवलका खेलाडी मिक्सन थेवेले गोल गर्दै टिमलाई अगाडि बढाएका थिए । त्यसको २ मिनट नवित्दै कनकाईका खेलाडी रोशन बर्देवाले खेलको २२ औ मिनटमा गोल गर्दै बराबरी गरेका थिए भने त्यसको २ मिनट नबित्दै खेलको २४ औ मिनटमा पुनः कनकाईका खेलाडी रुचन लिम्बुले गोल गर्दै कनकाईलाई २–१ गोलको अग्रता दिलाएका थिए ।
खेलको दोस्रो हाफको २८ औ मिनटमा कचनकवलका खेलाडी गोविन लिम्बूले गोल गर्दै खेललाई २–२ को बराबरी गरेपछि दुबै तर्फबाट निर्धारित समयमा कुनैपनी थप गोल हुन नसक्दा खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियोे । पेनाल्टीमा कनकाईले ४ गोल गर्दा कचनकवलले २ गोलमात्रै गरे पछि कनकाई विजयी बनेको हो ।
खेलको म्यानअफ दी म्याच बिजेता टिमका खेलाडी रोसन बर्देवा घोषित भए । उनले म्यानअफ दी म्याचको मेडल र नगद २१ सय रुपैयाँ प्राप्त गरे । म्यान अफ दी म्याचको नगद प्रतिष्ठानकी निवर्तमान उपाध्यक्ष, कनकाई धार्मिक संस्थाको सचिव अम्बिका खरेलले प्रदान गरेकी थिईन ।
माघ २५ गते शुक्रबारबाट सुरु भएको खेल फागुन ७ गते सम्पन्न हुनेछ भने खेलमा जिल्लाका १२ पालिकाको सहभागिता रहेको छ । प्रतियोगिताको बिजयी हुने टिमले नगद १ लाख १५ हजार तथा उपबिजयी हुने टिमले नगद ६१ हजार रुपैँया साथै दुबै टिमले ट्रफी , मेडल र प्रमाणपत्र पाउने आयोजक समितिले जानकारी गराएको छ ।
प्रतियोगीता अवधिभरका लागि एम्बुलेन्स सेवाको सहयोग कनकाई नगर अस्पताल र नेपाल रेडक्रस सोसाइटी सुरुङ्गा उपशाखाबाट भएको छ भने स्वास्थ्य सेवाको सहयोग सुरुङ्गास्थित न्युरो मेडिसिन सेन्टरबाट संचालक सरोज ठाकुरले गरिरहेका छन ।
प्रतियोगितामा मंगलबारको खेल अर्जुनधार नगरपालिका र झापा गाउपालिका बिच हुने छ ।