![](https://kanakaionline.com/wp-content/uploads/2025/02/476045591_1543656910356117_606128403571817243_n-1024x769.jpg)
कनकाई अनलाईन
वर्तमान शिक्षा प्रणाली कायम रहेसम्म देशको विकास नहुने र शिक्षामा आमुल क्रान्ति जरुरी रहेको भन्दै झापाबाट शिक्षामा क्रान्ति अभियानको सुरुवात भएको छ ।
![](https://kanakaionline.com/wp-content/uploads/2025/02/476425366_1456094265366416_4395443887070659308_n-1024x576.jpg)
देश बदल्न शिक्षा बदल्नु पर्छ भन्ने मूल नारासहित शिक्षामा क्रान्ति अभियानको संयोजक गगन पुरीले आजदेखि झापाको सुरुङ्गाबाट यसको थालनी गरेका हुन । पुरीले देशमा कम्तीमा २ खाले शिक्षा हुनु नहुने र सरकारी कर्मचारी शिक्षकहरुले अहिले सरकारी स्कुलमै आफ्ना छोराछोरीलाई भर्ना गर्नुपर्ने र नेता तथा कर्मचारीहरुले आफ्नो लगानीमा कुनै निजी स्कुल कलेज खोल्न नहुने धारणा राख्नुभयो । शिक्षामा आमुल परिवर्तन विना कुनैपनि नेताले सय बर्ष शासन गरेपनि देश नबदलिने भन्दै देश वदल्न पहिले शिक्षा निति बदल्न जरुरी रहेको पुरीले बताउँनुभयो ।
![](https://kanakaionline.com/wp-content/uploads/2025/02/475692028_1767510180484761_6574227015604248193_n-1024x576.jpg)
आफ्नो अभियान निजि लगानीको स्कुल कलेजको विरोध गर्न नभएको बताउँदै अभियानकर्मी पुरीले भन्नुभयो । निजि लगानीबिना देशमा समाजवाद सम्भव पनि छैन तर त्यहि निजि लगानीका स्कुल कलेजहरु नेता र कर्मचारीबाट खुल्नु हुदैन खोल्न बन्द गरिनुपर्छ । देशमा शिक्षा मन्त्री र उच्च पदस्थ कर्मचारीहरुले निजि स्कुलहरु खोल्ने गरेको र यसबाट शिक्षा नितिमै परिवर्तन उनीहरुले गर्ने गरेको पुरीको भनाई छ । शिक्षामा निजिकरण रोक्न भन्दै भाटा समेत हान्दै हिडिरहेको माओवादी र अखिल क्रान्तिकारी संगठन समेत हाल सबैभन्दा महगो बोडिङ स्कुल खोल्न र आफ्ना छोराछोरीलाई भर्ना गर्न उद्यत भइरहेको भन्दै यो युगको अन्त्य अव शिक्षामा क्रान्ति अभियानले गर्ने समेत केन्द्रिय संयोजक गगन पुरीले बताउँनुभयो ।
![](https://kanakaionline.com/wp-content/uploads/2025/02/474813508_591208813829390_4810673513247773896_n-1024x576.jpg)
हाल झापा जिल्लामा मात्रै खोलिएको अभियान देशका सबै ७७ जिल्लामै शिक्षामा क्रान्ति अभियान समिति गठन गरेर अभियान थालिने समेत पुरीले बताउँनुभयो ।
![](https://kanakaionline.com/wp-content/uploads/2025/02/475709585_2724367354620148_6654126980981792266_n-1024x576.jpg)
यसैविचसुरुङ्गामा भएको शिक्षाकर्मी, बुद्धिजीवी तथा सञ्चारकर्मीको बृहत् भेलाले सन्तोष राई (कमल गाउँपालिका) को संयोजकत्वमा ५१ सदस्यीय जिल्ला तदर्थ समिति गठन गरेको हो । उक्त समितिले पालिका भेला सम्पन्न गरि जिल्ला अधिवेशन गरी नयाँ समिति चयन गर्ने छ ।
शिक्षा क्षेत्रमा भएका समस्या बुझ्ने र आमूल परिवर्तनका लागि सरोकारवाला सबैलाई गोलबद्ध गर्दै अघि बढ्ने अभियानको लक्ष्य रहेको भेलाको अध्यक्षता समेत गरिरहेका पुरीले बताउनुभयो ।
तदर्थ समितिको सचिवमा सरस्वती चम्लागाई (हल्दीबारी) लाई चयन गरिएको छ । भेलाले सदस्यमा खड्ग तिम्सिना (पवन), रवीन मैनाली, लीलाराज झापाली, नवीन सिटौला, शान्तिराम चिमरिया, सञ्जय राई, डिल्लीराम पोखरेल, देवु चापागाई, विष्णु भट्टराई, गणेश राई, विवेक आचार्य,युवराज नेपाल, जीवनराज भुजेल, विकास महतो, गंगाबहादुर बस्नेत, अनिल सुवेदी, टीकाराम पौडेल, टीकाराम धमला, सुवास सुवेदी, लक्ष्मी प्रसाद खतिवडा, राजकुमार ओली, विनोद थापा, पुरन राजवंशी र रामकुमार उपाध्याय लाई चयन गरेको छ ।
कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाका क्याम्पस प्रमुख विकास उप्रेतीको प्रमुख आतिथ्य रहेको भेलामा कृष्णप्रसाद घिमिरे, हिमाल विष्ट, शारदा पाठक, प्रेम घिमिरे, भक्तिप्रसाद सङ्ग्रौला, मेदनी पाठक लगायतले सुझाव राखेका थिए ।