कनकाई अनलाईन
“देश बदल्न शिक्षा बदल्नु पर्छ” भन्ने मूल नारासहित शिक्षामा क्रान्ति अभियान झापाले झापा जिल्ला स्तरीय तदर्थ समिति गठन गरेको छ ।
सुरुङ्गामा भएको शिक्षाकर्मी, बुद्धिजीवी तथा सञ्चारकर्मीको बृहत् भेलाले सन्तोष राई (कमल गाउँपालिका) को संयोजकत्वमा ५१ सदस्यीय जिल्ला तदर्थ समिति गठन गरेको हो । उक्त समितिले पालिका भेला सम्पन्न गरि जिल्ला अधिवेशन गरी नयाँ समिति चयन गर्ने छ ।
शिक्षामा क्रान्ति अभियानलाई नेकपा दमक निवासी युवा नेता गगन पुरीको विशेष पहलकदमीमा अघि बढाइएको बताइएको छ । शिक्षा क्षेत्रमा भएका समस्या बुझ्ने र आमूल परिवर्तनका लागि सरोकारवाला सबैलाई गोलबद्ध गर्दै अघि बढ्ने अभियानको लक्ष्य रहेको भेलाको अध्यक्षता समेत गरिरहेका पुरीले बताए ।
तदर्थ समितिको सचिवमा सरस्वती चम्लागाई (हल्दीबारी) लाई चयन गरिएको छ । भेलाले सदस्यमा खड्ग तिम्सिना (पवन), रवीन मैनाली, लीलाराज झापाली, नवीन सिटौला, शान्तिराम चिमरिया, सञ्जय राई, डिल्लीराम पोखरेल, देवु चापागाई, विष्णु भट्टराई, गणेश राई, विवेक आचार्य,युवराज नेपाल, जीवनराज भुजेल, विकास महतो, गंगाबहादुर बस्नेत, अनिल सुवेदी, टीकाराम पौडेल, टीकाराम धमला, सुवास सुवेदी, लक्ष्मी प्रसाद खतिवडा, राजकुमार ओली, विनोद थापा,पुरन राजवंशी र रामकुमार उपाध्याय लाई चयन गरेको छ ।
कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाका क्याम्पस प्रमुख विकास उप्रेतीको प्रमुख आतिथ्य रहेको भेलामा कृष्णप्रसाद घिमिरे, हिमाल विष्ट, शारदा पाठक, प्रेम घिमिरे, भक्तिप्रसाद सङ्ग्रौला, मेदनी पाठक लगायतले सुझाव राखेका थिए ।