![](https://kanakaionline.com/wp-content/uploads/2025/02/1000017985-1536x864-1-1024x576.jpg)
कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका सुरुङ्गामा जारी सातौ जिल्ला अन्तरपालिका स्तरीय फुटबल प्रतियोगिता “कनकाई कप २०८१” को आज सम्पन्न दोस्रो दिनको खेलमा हल्दिबारी गाउँपालिका विजयी बनेको छ ।
कनकाई खेलकुद प्रतिष्ठानको आयोजना तथा कनकाई नगरपालिकाको आर्थिक सहयोगमा कनकाई माविको खेल मैदानमा जारी प्रतियोगिताको दोस्रो दिन हल्दिबारी र गौरादह बिच भएको खेलमा ५–० गोल अन्तरले गौरादहलाई पछि पार्दै हल्दिबारी विजयी बनेको हो ।
खेलको पहिलो हाफ गोल रहित प्रतिस्पर्धात्मक देखिएको प्रतियोगितामा दोस्रो हाफको १२ औ मिनटमा गौरादहको डिबक्समा गौरादहकै खेलाडिको हातमा बल ठोकिए पछि हल्दिबारीले पाएको पेनाल्टी लाई हल्दिबारीले सहजै गोल गर्दै टिमलाई अग्रता दिलाए ।
हल्दिबारीको जितका लागी दोस्रो हाफको २६ औ मिनेट र खेलको अतिरिक्त समयमा हल्दिवारीका खेलाडी अरुण राईले गोल गरेका थिए भने अर्का खेलाडी सुरज उराउले खेलको दोस्रो हाफको ३१ औ र ३५ औ मिनटमा गोल गरेका थिए ।
गौरादहले भने खेलमा कुनै पनि गोल गर्न नसक्दा ५–० को फराकिलो अन्तरले हार बेहोर्नु परेको थियोे ।
खेलको म्यानअफ दी म्याच बिजेता टिम हल्दिवारीका २ गोल कर्ता खेलाडी सुरज उराउ घोषित भए । उनले म्यानअफ दी म्याचको मेडल र नगद २१ सय रुपैयाँ प्राप्त गरे । खेलको म्यान अफ दी म्याचको नगद राशी कनकाई ४ मा रहेको आरोही पोल्टी फमका संचालक अमित पोखरेलले प्रदान गरेका थिए ।
झापा जिल्लाका १२ पालिकाको सहभागिता रहेको प्रतियोगिताको बिजयी हुने टिमले नगद १ लाख १५ हजार तथा उपबिजयी हुने टिमले नगद ६१ हजार रुपैँया पाउने आयोजक समितिका अध्यक्ष छवि थपलियाले बताएका छन ।
प्रतियोगितामा आईतबारको खेल शिवसताक्षी नगरपालिका र बुद्धशान्ती गाउपालिका बिच हुने खेल संयोजक भुवन खतिवडाले जानकारी गराएका छन ।