![](https://kanakaionline.com/wp-content/uploads/2025/02/1000017854-1536x864-1-1024x576.jpg)
कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका ३ सुरुङ्गामा आजदेखि सातौ कनकाई कप अन्तरपालिका स्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ ।
आजै भएको उदघाटन खेलमा गौरीगञ्ज गाउँपालिका बिजयी भएको छ । कमल गाउँपालिकाको टीमलाई ४—२ गोल अन्तरले पराजित गर्दै गौरीगञ्जले पहिलो जित दर्ता गरेको हो ।
गौरिगञ्जको जितका लागी खेलको दोस्रो मिनटमै निशान्त राजवंशीले गोल गर्दै टिमलाई अगाडी बढाएका थिए । पहिलो हाफको २०औ मिनटमा पुन गौरिगञ्जकै सनम मादेनले गोल गोल गर्दै अग्रता दोब्बर बनाएका थिए ।
![](https://kanakaionline.com/wp-content/uploads/2025/02/1-1024x576.jpg)
दोस्रो हाफ खेलको ३८औ मिनटमा कमलका गोलाडीले गोल गर्दै खेलमा फर्कने प्रयास गरेपनि त्यो खुसी धेरैबेर टिकेन । खेलको ५४ औ मिनटमा गौरिगञ्जका सुजन लिम्बुले गोल गर्दै गौरिगञ्जलाई ३–१ गोलको स्थितिमा पुर्याए । खेलको ६१ औ मिनटमा कमलका खेलाडी महेश्वर राईले गोल गर्दै पुनः गौरिगञ्ज माथि दवाब सिर्जना गरेका थिए । खेलको ७० औ मिनटमा पुनः गौरिगञ्जका खेलाडी सुजन लिम्बुले गोल गर्दै गौरिगञ्जका लागी ४–२ गोलको जित दिलाए ।
खेल अबधिभर दुबै तर्फ बाट थप गोल हुन नसके पछि गौरीगञ्ज ४– २ गोल अन्तरले बिजयी बनेको हो ।
![](https://kanakaionline.com/wp-content/uploads/2025/02/2-1024x576.jpg)
खेलको म्यानअफ दी म्याच बिजेता टिमका २ गोल कर्ता खेलाडी सुजन लिम्बु घोषित भए । उनले म्यानअफ दी म्याचको मेडल र नगद २१ सय रुपैयाँ प्राप्त गरे । खेलको म्यान अफ दी म्याचको नगद राशी खेल प्रेमी तथा रास्वपा कनकाई ३ का अध्यक्ष रमेश चन्द्रबाबु मैनालिले प्रदान गरे ।
कनकाई खेलकुद प्रतिष्ठानको आयोजना तथा कनकाई नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन भइरहेको प्रतियोगितामा झापाका १२ पालिकाको सहभागिता रहेको छ ।
उदघाटन खेलमा कनकाई नगरपालिकाकी उपप्रमुख आशाशर्मा शिवाकोटी, ३ नम्बरका वडाअध्यक्ष युवराज चम्लगाई, कनकाई माविका प्रअ कर्णबहादुर डाँगी, कनकाई धार्मिक विकास संस्थाका अध्यक्ष शेरबहादुर थापा , राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि , संघसंस्थाका प्रमुख तथा प्रतिनिधि , सामाजिक एवं शैक्षिक ब्यक्तित्व , खेलप्रेमी साथै सहयोगी दाता लगायातको आतिथ्यता रहेको थियो ।
प्रतियोगिताको बिजयी हुने टिमले नगद १ लाख १५ हजार तथा उपबिजयी हुने टिमले नगद ६१ हजार रुपैँया पाउने आयोजक समितिका सचिव रामप्रसाद निरौलाले बताए । खेलको औचित्यमाथि प्रकाश आयोजक समितिका अध्यक्ष छवि थपलियाले पारेको कार्यक्रममा उपस्थित सबैलाई स्वागत खेल संयोजक भुवन खतिवडाले गरेका थिए ।
प्रतियोगिताको उदघाटन झापा क्षेत्र नम्बर ४ ख का प्रदेश सांसद तथा पुर्व कृषि मन्त्री भक्तिप्रसाद सिटौलाले गर्नुभएको हो । सिटौलाले खेलको माध्यमबाट देश विकास र आपसी भाइचारको विकास हुने भन्दै खेल क्षेत्रको विकासका लागि प्रदेश सरकार सदैव लागिपर्ने प्रतिवद्धता जनाउनुभयो ।
कनकाई खेलकुद प्रतिष्ठानको आयोजना तथा कनकाई नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन भइरहेको प्रतियोगितामा झापाका १२ पालिकाको सहभागिता रहेको छ ।