![](https://kanakaionline.com/wp-content/uploads/2025/02/475872706_1765093947675408_2433765172504386445_n-1-1024x768.jpg)
लीलाराज झापाली
जब जब जाडो बढछ, जाडोमा बृद्धवृद्धा र कलिला वालवालिका त्यसमा पनि कमजोर आर्थिक अवस्थाका नागरिकहरु बढी समस्यामा देखिन्छन यो क्रम हरेक बर्षकाझै देखिरहन्छ । यस्तो वेलामा यहाँको लायन्स क्लव अफ कनकाईले हरेक बर्ष टोल टोलमा न्यानो कपडा वितरण गर्दै आएको छ ।
![](https://kanakaionline.com/wp-content/uploads/2025/02/475896406_1150087733186697_2309690699716692095_n-1024x768.jpg)
यस बर्षपनि लायन्स क्लव अफ कनकाई सुरुङ्गाले कनकाई १ मा अवस्थित पशुपति आधारभुत विद्यालयमा सबै विद्यार्थी ६७ जनालाई जाडोमा ट्रयाक सुट, स्टेशनरी सामाग्री र अभिभावकलाई न्यानो ओढ्ने च्यादर प्रदान गरेका छन भने कनकाईका अन्य गाउँ गाउँमा न्यानो ओढ्ने कपडा वितरणको कार्यलाई निरन्तता दिएका छन । लायन्सले आफ्नै खर्चमा तथा भारतको सिलगुडीस्थित महाबीर अन्र्तराष्ट्रय सेवा ट्रसको समेत सहयोगमा लायन्सले कनकाई १ को पशुपति प्राविमा ६७ जना विद्यार्थीलाई ट्रयाक सुट स्टेशनरी तथा कनकाई नगरपालिका ७ स्थित कालिमुढा क्षेत्रमा ७५ जना वृद्धवृद्धा तथा विपन्न परिवारलाई ओढ्ने च्यादर प्रदान गरेको छ ।
![](https://kanakaionline.com/wp-content/uploads/2025/02/475877245_1658803264727753_4322374069642298436_n-1024x768.jpg)
कनकाई ७ का वडाअध्यक्ष भीष्मभुषण सिटौलाको प्रमुख आतिथ्यतामा यस क्षेत्रका अतिविपन्न परिवारका सदस्यहरुलाई उक्त न्यानो ओढ्ने च्यादर प्रदान गरिएको लायन्स क्लव अफ कनकाई सुरुङ्गाका संस्थापक अध्यक्ष समेत रहनुभएका लायन्स डिस्ट्रिक सेकेन्ड भ्वाईस गर्भनर लीला चिमरियाले बताउँनुभयो । कालिमुडामा विपन्न परिवारलाई न्यानो कपडा वितरण कार्यमा सहभागि हुदै कनकाई ७ का वडाअध्यक्ष सिटौलाले लायन्सको पुण्य कार्यले सरकारले सहयोग गर्न नसकेको परिवारमा जाडोका वेला ठुलो मद्धत मिलेको बताउँनुभयो । कार्यक्रममा पुर्व जनप्रतिनिधि रुद्रप्रसाद चिमरिया, लायन्स क्लव अफ कनकाई सुरुङ्गाका अध्यक्ष रुपनारायण खतिवडा, लायन्सका पुर्व अध्यक्षहरु साजनकुमार थापा, मनोज बस्नेत लगायातको सहभागिता रहेको थियो ।
![](https://kanakaionline.com/wp-content/uploads/2025/02/476211342_1596850721190943_5602361567855422512_n-1024x576.jpg)
आफुहरुले हरेक बर्ष केहि सय गरिब परिवार र विद्यार्थीहरुलाई समेत लायन्सका तर्फबाट यसप्रकारको सहयोग गरिरहेको र आगामी दिनमा समेत लायन्सको सहयोग विपन्न परिवार खासमा वालवालिका र जेष्ठ नागरिकलाई रहने क्लवका संस्थापक अध्यक्ष समेत रहनुभएको डिस्ट्रिक सेकेन्ड भ्वाईस गर्भनर चिमरियाले बताउँनुभयो । यस बर्ष १५० विपन्न परिवारलाई न्यानो ओढ्ने कपडा वितरण गरिसकेको र ५० विपन्न परिवारलाई चाडै ओढ्ने वितरण गर्नलागेको समेत लायन्स क्लव कनकाई सुरुङ्गाका अध्यक्ष रुपनायण खतिवाडाले बताउँनुभयो ।
यता पशुपति प्राविमा विद्यार्थी तथा जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गर्दै कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले लायन्स जस्ता मनकारी संस्थाहरुसग मिलेर नगरका नागरिकलाई मद्धत गर्न पाउँदा खुसी लागेको बताउँनुभयो । उहाँले अन्य संघ संस्थाहरुसग समन्वय गरेर नगरपालिका विपन्न नागरिकको सहयोगमा हातेमालो गर्न तयार रहेको नगरप्रमुख पोखरेलले बताउँनुभयो ।
लायन्स क्लव अफ कनकाई सुरुङ्गा झापा तथा इलाम जिल्लामा पुगेर समेत विपन्न परिवार र स्कुले विद्यार्थीलाई स्थापनाकालदेखि सहयोग गर्दै आइरहेको छ ।