Kanakai Online

सुरुङ्गामा ६ राउण्ड गोली चल्यो २ जना प,क्राउ


मङ्गलवार, माघ २२, २०८१ |

कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका ४ मनोकामना टोलबाट प्रहरीले गोली प्रहार गरी दुईजना भारतीय लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ ।

अहिले साँझ ५ः४० बजेको समयमा कनकाई नगरपालिका ४ मनोकामना टोलमा दुईजनाले लागूऔषध लुकाएर राखेको भन्ने खबर पाएपछि इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख वरिष्ठ प्रहरी नायव निरिक्षक राधाकृष्ण दाहालको नेतृत्वमा प्रहरीको टोलीले कारोबारीलाई पिछा गरेको थियो ।
त्यसक्रममा उनीहरु भागेपछि खेदाउने क्रममा इलका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी प्रमुख दाहालको नेतृत्वको प्रहरीले ६ राउन्ड फायर गरेको थियो । भाग्ने क्रममा भारत डिघलबैँक थाना वडानम्बर ५ बिहार घर भएका बर्ष २८ अन्जर आलमलाई गोली लागेको छ । उनको देब्रे खुट्टामा गोली लागेको छ भने उनका भाई बर्ष १७ का युसुव आलमलाई समेत प्रहरीले पक्राउ गरेको छ । उनीहरु भाग्ने क्रममा प्रहरीले गोली प्रहार गरेपसछि साथमा रहेको बिआर ३७ एए ८४९८ नम्बरको मोटरसाईकल र उनीहरुको साथमा रहेको अन्दाजी ३५ ग्राम ब्राउन सुगर समेत प्रहरीले बरामद गरेको इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी प्रमुख राधाकृष्ण दाहालले बताउँनुभयो । घाईतेलाई स्थानीय कनकाई नगर अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि बिर्तामोडस्थित विएण्डसी अस्पताल बिर्तामोडतर्फ लगिएको छ । पक्राउ परेका युसुव आलम र मोटरसाईकललाई हाल इलाका प्रहरी कार्यालय सुरुङ्गाले नियन्त्रणमा लिएको छ । नेपाल भारत खुल्ला सिमाको फाइदा उठाउदै नेपालको दक्षिणी सिमा दिघलबैँब नाकाबाट हरेकदिनजसो लागु औषधर कारोवारीहरुले सोझै नेपाली भुमिमा लागुऔषध भित्राउने गरेको सुराकी पाएसगै प्रहरीले यसको नियन्त्रणमा कडाई गरेको प्रहरीले जनाएको छ ।
फोटो ः घाईते आलमलाई उपचार गर्न लगिएको कनकाई नगर अस्पताल
तस्वीर लीलाराज खड्का