Kanakai Online

निजी स्कुलको भन्दा दोब्बर सुविधा दिदै सरकारी विद्यालय


सोमवार, माघ २१, २०८१ |

कनकाई अनलाईन
देशका कतिपय स्थानमा सरकारद्धारा सञ्चालन गरिएका विद्यालयहरुमा विद्यार्थी नपाएर हैरानी खेप्नु परेको छ भने कतिपय स्कुलहरुमा शिक्षक अनुपातमा विद्यार्थी नपुग्दा शिक्षक दरबन्दी खोसिने र विद्यालयनै गाभ्नुपरिरहेको खबरहरु अखबारहरुमा आइरहेको छ ।


तर यी र यस्ता समाचारभन्दा फरक देखिने गरेको छ । झापाको कनकाई नगरपालिका ३ मा अवस्थित यस कनकाई माध्यमिक विद्यालय ।
कक्षा पिजिदेखि कक्षा १२ सम्म अध्यान अध्यापन हुने यस विद्यालयमा कक्षा ११ र १२ तहमा विज्ञान समेत अध्यान गराइदै आएको छ भने नहाँ विद्यालय भर्नाका लागि सिट नपुगेर अभिभावकलाई आफ्ना नानीहरु भर्ना गराउँनका लागि स्थानीयदेखि राष्ट्रिय तहका नेताहरुकै दह्रो सोर्स फोर्सनै लगाउनु पर्ने गरेको गुनासो स्थानीय अभिभावकको रहेको छ । विद्यालयका प्रअ कर्णबहादुर डाँगीका अनुसार विद्यालयको भर्नाका बेलामा सबैभरी तनाव हुने गरेको छ तर अन्य विद्यालयहरुले स्कुलमा भर्ना हुन आउनुहोस भनेर भनिरहदा आफुहरुलाई कसरी विद्यार्थीको व्यावस्थापन गरौ भन्ने समस्या रहनेगरेको विद्यालयका प्रअ डाँगीको भनाई छ । विद्यालयले चाप थेग्न नसकेपछि कतिपय अवस्थामा विद्यार्थीको मात्रै नभएर अभिभावकहरुको समेत अन्र्तवाता लिनुपरेको प्रअ डाँगीको भनाई छ ।

नमुना विद्यालय उन्मुख कनकाई माविमा अहिले शैक्षिक गुणस्तरको विकास संगै भौतिक सुधार पनि निरन्तर रुपमा हुदै गएको छ ।
सामुदायिक बिद्यालयमा शैक्षिक गुणस्तर नहुने , बिद्यार्थीको हेरचाहमा कमी हुने , पढाईका अलवा अतिरिक्त कृयाकलाप नहुने भन्ने भनाईलाई गलत सावित गर्दै कनकाई माविले पछिल्लो समयमा बिद्यार्थी हरुलाई समयानुकूल शिक्षा संगसंगै अतिरिक्त कृयाकलापमा सहभागी गराउदै आएको छ ।

दक्ष जनसक्तीले आधुनिक प्रविधिबाट बिद्यार्थीको भावना अनुरुप शिक्षा प्रदान गरिदै आएको र यहाबाट उत्पादित बिद्यार्थीहरु जुनसुकै ठाउमा पनि प्रतिस्पर्धा गर्न सक्ने गरिका भएको विद्यालयका प्रअ कर्णबहालुर डाँगी वताउनु हुन्छ ।
पर्याप्त मात्रामा शैक्षिक सामाग्री , खेल सामाग्री , कक्षाकोठाको सजाबट शैक्षिक वातावरण मुखी र दक्ष शिक्षकबाट पठनपाठन गराउदै आएको र राज्यको संघिय संरचना अनुरुपको अभ्यास गर्दै बिद्यालयको प्रशासनिक ईकाईलाई पनि संघिय रुपमा विभाजन गरेर विभिन्न व्लक प्रमुखहरुलाई सुविधा सम्पन्न वनाएर , अधिकार सम्पन्न बनाएर अधिकार हस्तान्तरण गरेर कनकाई मावीलाई गुणस्तरीय शीक्षाको क्षेत्रको रुपमा अघिबढाएको पनि प्रअ डाँगी वताउनुु हुन्छ ।

त्यसैगरी विद्यालयको आधारभुत कक्षाहरु संचालनको लागि बिद्यालयले छुट्टै घेराबारा सहितको व्लक निर्माण गरी बालमैत्री बातावरणमा दक्ष शिक्षक शिक्षीका बाट पठनपाठन गरिदै आएको बिद्यालयका आधारभुत तह संयोजक खेमराज भट्टराई वताउनु हुन्छ ।

विद्यालयको प्राथमिक तहको शिक्षाको गुणस्तरलाई थप बृद्धिगर्ने उदेश्यले बिद्यालयले तालिम प्राप्त शिक्षक शिक्षीका , कर्मचारी , शैक्षिक सामाग्री , खेल सामाग्री , प्रविधि युक्त उपयुक्त कक्षाकोठाको व्यवस्थापन गरि शान्त वातावरण पठनपाठन गराउदै आएको जानकारी गराउदै संयोजक भट्टराईले सम्पूर्ण अभिभावकलाई आफना नानिबाबुहरुलाई निशुल्करुपमा गुणस्तरीय शिक्षाका लागि सामुदायिक बिद्यालय कनकाई माविमा ल्याउनका लागि अनुरोध गर्नु भएको छ ।