कनकाई अनलाईन
कनकाई नगरपालिका सुरुङ्गामा नयाँ खेल तेक्वान्डो सुरु भएको छ ।
केहि महिनादेखि विभिन्न विद्यालयहरुमा प्रशिक्षण सुरु गरिएको यस खेलबाट छोटो समयमानै लोभलाग्दो सफलता हात लागेको छ ।
हालै झापाको काँकडभिट्टामा आयोजित प्रथम इन्डो नेपाल अन्तराष्ट्रिय तेक्वान्डो च्याम्पियनसिपमा कनकाई नगरपालिकाको टिमले २ स्वर्ण र ३ कास्य पदक प्राप्त गरेको छ । कनकाईको झापा मेरीगोल्डका विद्यार्थी समेत रहेका जेनिस बिष्टले एकसाथ २ स्वर्ण प्राप्त गरेका छन । उनले पुस्से र क्यारुगीमा एकसाथ २ स्वर्ण पदक प्राप्त गर्नुभएको हो ।
यसैगरि सो प्रतियोगितामा जेसिका विष्ट, नाथुहाङ्ग राई र भावना उप्रेतीले कास्य पदक प्राप्त गरेका छन । स्थापनाको छोटो समयमा यस सफलता प्राप्त गरेको कनकाई तेक्वान्डो डोजाङका टीम मेनेजर सौरभ श्रेष्ठले बताउँनुभयो । कनकाई तेक्वान्डो डोजाङका टिम कोच राजकुमार सुनामका अनुसार कनकाईको उत्कृष्ट नतिजा ल्याउने टिमलाई कनकाई नगरपालिकाले सम्मान गरेको छ । टिम प्रशिक्षक कर्ण दाहाल सहित उत्कृष्ट नतिजा स्वर्ण र कास्य पदक ल्याउने खेलाडीलाई नगद सहित कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, उप्रप्रमुख आशा शर्मा शिवाकोटी लगायातले सम्मान गर्नुभएको हो ।