कनकाई अनलाईन
झापाको कनकाई नगरपालिकामा एकसाथ दुई ठुला सडकपूर्वाधार पुरा हुने भएका छन ।
बिहीवार आज कनकाई नगरपालिका ४ र ५ जोडने लक्ष्मीमार्ग सडकको २२ सय ५० मिटर कालोपत्रे सडकको झापा क्षेत्र नम्बर ४ का संघिय सांसद एलपीसाँबा लिम्बु र कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले एकसाथ शिल्यान्यास गर्नुभयो ।
कुल २ करोड ५५ लाख २३ हजार ७३५ रुपैँयाको लागतमा निर्माण हुन लागेको यस सडक पूरा भएसगै कनकाई नगरपालिकाहुदै दक्षिणी झापा गाउँपालिका हुदै भारतीय सिमा बिहार राज्यसग सोझै पिचसडकको पहुच हुने कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताउँनुभयो । स्थानीय एलेक्स निर्माण सेवा र एसजे फोट्री जेभीले आगामी जेठ मसान्तसम्ममा काम सक्नेगरि निर्माण ठेक्का लिएको उक्त निर्माण सकाएसगै कम्तीमा लक्ष्मीमार्ग सडकको कनकाई नगरपालिका क्षेत्रको सबै सडक पिच हुने छ ।
यसअघि कनकाई नगरपालिका ३ सुरुङ्गा बजार हुदै झापा गाउँपालिका लसुना जोडने २२ किलोमिटर सडक निर्माणको काम अन्तिम चरणमा पुगेको र यस कनकाई ४ कोटीहवन हुदै झापा गाउँपालिका र भारतको सिमा डिघलबैंक जोडने उक्त सडक समेत कनकाई नगरपालिका क्षेत्रमा निर्माण सम्पन्न भएपछि कनकाईमा २ ठुला सडक पूरा हुने नगरप्रमुख पोखरेलको भनाई छ ।
अमरपथ सडक प्रदेश सरकारको लगानीमा तथा यस लक्ष्मीमार्ग सडक शहरी विकास मन्त्रालय र प्रदेश सरकार र स्थानीय सरकारको लगानीमा लक्ष्मीमार्ग सडक निर्माण हुन लागेको नगरप्रमुख पोखरेलले बताउँनुभयो । यस सडकको अन्य खण्ड यसअघिनै निर्माण गरिसकिएको र यस सडक निर्माण पछि बाकी रहेको ७०० मिटर सडक समेत चाडै टेण्डर प्रक्रियामा जाने पोखरेलको भनाई छ । लक्ष्मी मार्ग सडक समेत कनकाई नगरपालिका क्षेत्रको ६ किलोमिटर क्षेत्र कालोपत्रे सम्पन्न भइसकेको छ भने झापा गाउँपालिका क्षेत्रमा समेत केही क्षेत्र कालोपत्रे भईसकेको र सो क्षेत्रमा समेत कालोपत्रे हुदा यस क्षेत्रका २ कालोपत्रे समड सोझै भारतीय सिमामा जोडिने कनकाई ४ का वडाअध्यक्ष रोषन सुवेदीले बताउँनुभयो ।
सडक निर्माण पछि देशमा केहि भएन भनेर सामाजिक सञ्जालमा कोकोहोलो मच्चाउने समुहलाई गतिलो झापड हुने संघिय सांसद एलपीसाँबा लिम्बुले बताउँनुभयो ।
कनकाई नगरपालिका ५ का वडाअध्यक्ष तथा कनकाई नगरपालिकाका प्रवक्ता कृष्णबहादुर राईको सभापतित्व तथा कनकाई ४ का वडाअध्यक्ष रोषन सुवेदीको सञ्चालनमा सम्पन्न कार्यक्रममा कनकाई ३ का वडाअध्यक्ष युवराज चम्लगाई, लगायातको आतिथ्यता रहेको थियो । कार्यक्रममा ठेकेदार कम्पनी एलेक्स निर्माण सेवाका प्रमुख डम्बर फुयालले आफुले तोकिएको समयसिमा भन्दा पहिलेनै तोकिएको गुणस्तरमै काम सम्पन्न गर्ने प्रतिवद्धता जनाउँनुभयो ।