Kanakai Online

सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको सुरुङ्गा उपसाखा प्रमुखमा अनुप भण्डारी


मङ्गलवार, माघ ८, २०८१ |

कनकाई अनलाईन

लामो समयदेखी जिवन विमाको क्षेत्रमा काम गर्दै आएको सानिमा रिलायन्स लाइफ इन्सुरेन्स कम्पनीको सुरुङ्गा उपसाखा प्रमुखमा लगनशिल एवं उर्जाशिल युवा अनुप भण्डारी नियुक्त भएका छन । कनकाई सुरुङ्गा प्रेस क्लवका सहसचिव समेत रहनुभएका भण्डारीले सोमबार सुरुङ्गा स्थित कम्पनीको उपशाखामा आयोजित एक कार्यक्रमका बिच पदभार ग्रहण गरेका छन । उनलाई कम्पनीका कोशी प्रदेश प्रमुख कर्मराज पौडेलले पदभार ग्रहण गराएका हुन ।

पौडेलले भण्डारीलाई पदभार ग्रहण गराउदै सानिमा रिलायन्स लाइफ इन्सुरेन्स कम्पनीले लामो समयदेखि सुरक्षीत तबरले विमाको क्षेत्रमा काम गर्दै आएको हुदा यस कम्पनिका विमितहरु जोखीम रहित रहने वताएका छन ।
काठमाडौंको नयाँ बानेश्वरमा मुख्य कार्यलय रहेको कम्पनीले देशैभर शाखा र उपशाखा गरी १७५ वटा कार्यलयबाट सेवा प्रदान गर्दै आएको पनी पौडेलले जानकारी गराएका छन ।

पदभार गर्दै भण्डारीले कम्पनिले सुरुङ्गा उपशाखामा आफुलाई विश्वास गरी प्रमुखको जिम्मेवारी सुम्पिएको हुदा कहिले पनि यो विश्वासमा आच आउन नदिने प्रतिबद्धता जनाएका छन । भण्डारीले आफुले जानेका कुराहरु सिकाउदै र नजानेका कुराहरु अग्रजहरुवाट सिक्दै यस क्षेत्रमा विमा शीक्षा साथै विमा सेवा प्रवाह गर्ने बताएका छन ।

कार्यक्रममा यहाका स्थानिय कमल ढकाल , भिष्म मैनाली , श्री प्रसाद खरेल , अम्बर बहादुर कार्की , पिताम्बर पाठक , होम बिमली , चन्दन शाह , पवन ठटाल लगायत एजेन्सिहरुको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रममा सामाजिक व्यक्तित्व भिष्म मैनालिले बधाई तथा शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रममा सहजिकरण एजेन्सि श्याम घिमिरेले गरेका थिए ।

सम्बन्धित खबर