Kanakai Online

झापा ११ फुटबल क्लवले भारतमा जित्यो २० लाख भारु नगदको उपाधि


मङ्गलवार, माघ ८, २०८१ |

कनकाई अनलाईन
छिमेकी राष्ट्र भारतको सिक्किममा आयोजित १० औ अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकपको उपाधि झापा ११ फुटबल क्लवले जितेको छ ।
मंगलवार सिक्किमको जोरथाङ रङ्गशालामा आयोजित फाईनल खेलमा झापा ११ ले नेपालकै लिग च्याम्पियन टिम चर्च ब्वाइज युनाइटेडलाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि रक्षा गरेको हो ।
उपाधिसगै बिजयी झापा ११ ले २० लाख भारु नेपाली ३२ लाख रुपैँया प्राप्त गरेको छ । उपबिजयी बनेको चर्च ब्वाइजले नगद १० लाख भारतीय नेपाली १६ लाख रुपैँया प्राप्त गरेको छ ।

झापाका तर्फबाट खेलको २० औ मिनेटमा प्रदिप बुढाथोकीले गोल गर्दै अग्रता बनाउँनुभयो भने खेलको ७० औ मिनेटमा सन्तोष खत्रीले गोल गर्दै अग्रता दोब्बर बनाउदै जितको सुनिश्चित गर्नुभयो ।

सन्तोस खत्री खेलको प्लेयर अफ द म्याच घोषित हुदै नगद १० हजार भारतीय रुपैयाँ प्राप्त गर्नुभयो ।

झापा ११ भारत पश्चिम बंगालको जिटिए दार्जिलिङलाई टाइब्रेकरमा ४–२ ले हराउँदै क्वार्टरफाइनल प्रवेश गरेको थियो ।

क्वार्टरफाइनमा भुटानको राष्ट्रिय लिग टिम ट्रान्सपोर्ट युनाइटेडलाई २–१ ले र सेमिफाइनल खेलमा भारतको नयाँ दिल्लीबाट हिरो लिग क्लब सुदेवा दिल्ली एफसीलाई २–१ ले हराउँदै झापा ११ उपाधि नजिक पुगेको थियो ।

क्वार्टर फाइनलमा कोलकताको जर्ज टेलिग्राफ स्पोर्टस् क्लबलाई ४–० अन्तरले हराउँदै अघि बढेको चर्च ब्वाइजले सेमिफाइनल इन्टरनेसनल एफसी पञ्जाबमाथि टाइब्रेकरमा ५–४ को जित निकाल्दै फाइनलको यात्रा तय गरेको थियो ।

माघे संक्रान्ति मेला समिति जोरथाङको समन्वयमा नाम्ची जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगिताको विजेता तथा उपविजेतालाई सिक्किमका मुख्यमन्त्री पिएस गोलेलगायतले पुरस्कार वितरण गर्नुभयो ।