Kanakai Online

पूर्व मुख्यमन्त्री थापामाथि मुक्का प्रहार गर्नेमाथि मुद्धा दायर


आइतवार, माघ ६, २०८१ |

कनकाई अनलाईन
भिभिआईपी सवारीलाई बाटो नछाडेको निउमा विवाद हुदा पूर्व मुख्यमन्त्री तथा कांग्रेसको कोशी प्रदेश सभापति उद्धव थापामाथि सुरुङ्गामा मुक्का प्रहार गर्ने २ कर्मचारीमाथि मुद्धा दायर भएको छ ।
हिजो साँझ कनकाई नगरपालिका २ स्थित जुकेकल्भडमा कांग्रेस नेता तथा प्रदेशसभा संसदीय दलका नेता समेत रहेका उद्धव थापामाथि आक्रमण भएको थियो । मुक्का प्रहार गर्ने विद्युत प्राधिकरण साखा सुरुङ्गाका कर्मचारीहरु कनकाई ३ निवासी ४२ बर्षिय पृथ्वी श्रेष्ठ र शिवसताक्षी ११ का ४९ वर्षीय भक्तबहादुर कटवालमाथि अभद्र व्यवहार गरेको कसूरमा आज मुद्धा दायर गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख डीएसपी प्रकाश विष्टले बताए । अदालतसंग ३ दिनको म्याद लिएर अभद्र व्यवहारसम्बन्धी मुद्धा दायर गरिएको डीएसपी विष्टले जानकारी दिए ।

पूर्व मुख्यमन्त्री तथा कांग्रेस नेता थापामाथि हिजो साँझ कुटपिट भएको हो ।नेपाल प्रेस युनियन झापाले दोमुखामा आयोजना गरेको पिकनिक सहितको बार्षिक साधारण सभाबाट फर्किदै गर्दा साँझ करिव ७ बजे कन्काई नगरपालिकाको जुके कल्भर्टनजिक उनीमाथि कुटपिट भएको हो । बा १ झ ६५३ नं को गाडीमा घर फर्किदै गरेका अर्जुनधारा ७ निवासी थापामाथि बा १ ञ १८७० मा सवार विद्युत प्राधिकरण सुरुङ्गाका कर्मचारीहरुले कुटपिट गरेका थिए । कुटपिटबाट थापा घाइते भएका थिए । उनको देब्रे आँखा सुन्निएको थियो ।उनलाई उपचारका लागि बिर्तासिटी अस्पतालमा भर्ना गरिएको थियो ।

विद्युत प्राधिकरण सुरुङ्गाका कर्मचारी सवार गाडीलाई थापा चढेको गाडीले सुरुङ्गा पुलनजिक डाइभर्सनमा ओभरटेक गर्ने क्रममा विवाद भएको बताइएको छ । प्राधिकरणको गाडी र पक्राउ परेका दुवैजनालाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ । यता यस घटनापछि सामाजिक सञ्जालमा भने यस घटनाका वारेमा विविध टिका टिप्पनीहरु आएका छन ।

सम्बन्धित खबर