कनकाई अनलाईन
सोफाको क्षेत्रमा देशैभर सेवा प्रदान गर्दै आएको सोफा तथा फर्निचर निर्माता सोफा हवले आफ्नो आठौं शाखाको रुपमा सञ्चालनमा ल्याएको सोफा हव बिर्तामोड शाखाको उद्घाटन नागरिक बचाउ अभियानका अध्यक्ष दुर्गा प्रसाईले गरेका छन ।
बीर्तामोडको भद्रपुर रोड स्थित भद्रपुर बस स्टेन पश्चिमा संचालनमा आएको सोफा हवको आठौं शाखाको उद्घाटन आईतवार नागरिक बचाउ अभियानका अध्यक्ष दुर्गा प्रसाईले एक भव्य समारोहबीच गरेका हुन ।
उक्त सोफा हवको उद्घाटन गर्दै प्रसाईले नेपालमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् । उनले सोफा हवजस्तो उद्योगले स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्दै रोजगारी सिर्जना गरेकोमा प्रशंसा गर्दै सोफा हवजस्तो स्वदेशी उद्योगले गुणस्तरीय उत्पादनमार्फत नेपाली उपभोक्ताको आवश्यकताहरू पूरा गरिरहेको र यस्ता उद्योगहरूको विकासले देशको आर्थिक समृद्धिमा टेवा पु¥याउने बताए । हामीले स्वदेशी उत्पादनलाई प्रोत्साहन गरी आयातमा निर्भरता घटाउनुपर्नेमा समेत प्रसाईले जोड दिए ।
प्रसाईले यस्ता उद्योगहरूले स्थानीय रोजगारी सिर्जना , उद्योगमा नवीनता र उपभोक्ताको मागलाई गुणस्तरीय ढंगले पूरा गर्ने महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए। उनले स्वदेशी उद्योगहरूलाई निरन्तर सहयोग गर्न सबैलाई आह्वान समेत गरे ।
सोफा हवका प्रवन्धक तारालाल धरेलले गुणस्तरीय उत्पादन र उत्कृष्ट सेवाको कारणले सोफा हव उपभोक्ताको पहिलो रोजाइ बन्न सफल भएको बताउदै कम्पनीले १६८ जनालाई प्रत्यक्ष रोजगार र १ हजार भन्दा बढीलाई अप्रत्यक्ष रोजगारी प्रदान गरीरहेको जानकारी गराएका छन ।
काठमाडौं, चितवन, पोखरा, र नेपालगन्जमा शाखा स्थापना गरिसकेको सोफा हवले बिर्तामोडमा शाखा स्थापना गरे संगै तीन तल्ले सोरुममा उच्च गुणस्तरका फर्निचर तथा सोफाहरु प्रदर्शनमा राखेर न्यूनतम १० हजार रुपैयाँदेखि अधिकतम १ लाख रुपैयाँसम्मका सोफा बिक्री गर्दै आएको छ भने कम्पनीले १० वर्षको वारेन्टी, ५० किलोमिटरभित्र निःशुल्क डेलिभरी र पुरानो सोफाको सट्टापट्टा सुविधा जस्ता आकर्षक सेवा समेत प्रदान गर्दै आएको छ ।
कम्पनिले आफ्नै उत्पादनशालाबाट उत्पादन गरी कम लागत , कम नाफा तर धेरै बिक्रीको रणनीतिले नेपालभरि ग्राहकहरूको मन जित्न सफल भएको संचालक मोहन दनै शर्माको भनाई छ ।
नेपाली फर्निचर बजारमा आफ्नो स्थान मजबुत बनाउँदै आएको सोफा हवले । बिर्तामोड शाखासँगै झापा क्षेत्रमा पनि कम्पनीले उच्चस्तरीय सेवा प्रदान गर्ने र उपभोक्ताको आवश्यकता पूरा गर्ने अपेक्षा समेत गरेको छ ।