कनकाई अनलाईन
झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गामा जारी प्रदेश स्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता ‘कनकाई कप–२०८१’ अन्तर्गत आज भएको दोस्रो दिनको चार खेलबाट २ टोली क्वाटर तथा २ टोली सेमिफाइनलमा प्रवेश गरेका छ्न ।
सुरुङ्गा जेसीजको आयोजनामा कनकाई माविको खेल मैदानमा जारी प्रतियोगितामा आज भएको दोस्रो दिनको चार खेलबाट भद्रपुर नगरपालिका , बिर्तामोड नगरपालिका क्वाटर फाईनलमा पुगेका हुन भने सिदिङ्ग्वा गाउँपालिका ताप्लेजुङ र टिभिए सिक्किमको पाउना टोली क्वाफाईनल बाट सेमिफाइनलमा प्रवेश गरेका छ्न ।
भद्रपुर र गौरादह नगरपालिकाबीच भएको पहिलो खेलमा भद्रपुर नगरपालिका
बिर्तामोड नगरपालिका र बाह्रदशी गाउँपालिकाबीच भएको दोस्रो खेलमा बिर्तामोड नगरपालिका क्वाफाईनलमा पुगेको खेल प्रतियोगिता संयोजक जेनिस चौलागाईले
जानकारी दिनुभयो ।
त्यसैगरी आजै भएको सिदिङ्ग्वा गाउँपालिका ताप्लेजुङ र मेचीनगर नगरपालिकाबीच भएको क्वाटर फाईनलबाट सिदिङ्ग्वा गाउँपालिका ताप्लेजुङ र झापा गाउँपालिका र टिभिए सिक्किमको पाउना टोलीसँग भएको अन्तिम खेलमा टिभिए सिक्किमको पाउना टोली आआफ्नो खेलमा विजेता बन्दै सेमिफाईनलमा प्रवेश गरेको चौम्लगाईले जानकारी दिनुभयो ।
भोलि सोमबार पनि क्वाटर फाईनलका २ खेल भद्रपुर नगरपालिका झापा र बेलबारी नगरपालिका मोरङ त्यसैगरी शिवसताक्षी नगरपालिका र बिर्तामोड नगरपालिका झापाबीच हुने छ ।
त्यसैगरी भोलि सोमबार नै हुने पहिलो सेमिफाइनलमा सिदिङ्ग्वा गाउँपालिका ताप्लेजुङले भद्रपुर नगरपालिका झापा र बेलबारी नगरपालिका मोरङको विजेतासँग खेल हुने त्यस्तै दोस्रो सेमिफाइनलमा टिभिए सिक्किमको पाउना टोलीले शिवसताक्षि नगरपालिका र बिर्तामोड नगरपालिका झापाबीचको विजेतासँग खेल हुने आयोजक समितिका अध्यक्ष दुर्गा पाठक राजुले जानकारी दिनुभयो ।
प्रतियोगितामा पहिलो हुने टिमलाई नगद एक लाख ११ हजार १११ र दोस्रो हुने टिमलाई नगद ६१ हजार १११ रुपैयाँसहित ट्रफि र प्रमाणपत्र प्रदान गरिनेछ । सर्वोत्कृष्ट खेलाडीलाई ३२ इन्चको स्मार्ट कलर टेलिभिजन र विभिन्न ५ विधाका उत्कृष्ट खेलाडीलाई जनही ५ हजार १०० रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजक समितिले जनाएको छ ।
पशुपति अंग्रेजी मावि र कनकाई नगर खेलकुद समितिको आर्थिक सहयोगमा आयोजना गरिएको प्रतियोगितामा प्रथम र दोस्रो पुरस्कार समेत दाताहरुले प्रदान गर्नुभएको छ ।