कनकाई अनलाईन
कन्काई नदी पूर्व कोटीहोम र पश्चिमपट्टि माइधारमा तीन दिन अघिदेखि लागेको माई मेलामा जुवा र जुवाजन्य खेल खेलाउने गरिएको हो । जुवा र जुवाजन्य खेल खेलाउनकै लागि मेला लगाउने आयोजक समितिको उद्धेश्य देखिएको छ । मेलामा जुवा तास , डाइस , सिक्सरलगायतका अवैध खेल खेलाउने गरेको पाइएको हो ।
खुलेआम रुपमा जुवा खेलाउने गरेपछि प्रहरीले गएराति जुवाको अखडामा छापा मारेको थियो । राति जुवा र जुवाजन्य खेलहरु बन्द गराइएको इलाका प्रहरी कार्यालय दमकका डीएसपी निशान थापा मगरले बताए । उनले मेलाको नाममा अवैध खेल खेलाउन नमिल्ने भन्दै त्यस्ता खेल नखेल्न भनिएको जानकारी दिए ।
शिवसताक्षी– १० माइधारमा त्यहाँका वडाध्यक्ष हर्कबहादुर सिगुकै अगुवाईमा वडा कार्यालयले मेला आयोजना गरेको हो । वडाध्यक्ष सिगु नै जुवा खेलाउन पाउनु पर्छ भन्ने पक्षमा रहेको बताइएको छ । उनले जिल्ला प्रशासन कार्यलयको अनुमति लिएर नै जुवा जन्य खेल खेलाएको तर्क गरे । जुवाबिना मेला नलाग्ने र मेलामा आम्दानी पनि नहुने आयोजक समितिको तर्क छ । प्रायः सबैजनाको भनाई जुवाजन्य खेल खेलाउन पाउनु पर्छ भन्ने रहेको एक प्रहरी अधिकृतले बताए ।
राति नै कनकाईपूर्व कोटीहोममा लागेको मेलामा पनि प्रहरीले जुवाजन्य खेल बन्द गराएको छ । राति १ बजेसम्म खटिएर त्यहाँका जुवाजन्य खेल बन्द गराइएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए । कोटीहोममा कन्काई धार्मिक माई मेला समितिले मेला लगाएको हो । जुवा र जुवाजन्य खेल खेलाउनका लागि कन्काई र शिवसताक्षी नगरपालिकामा ७ दिने मेला लगाइएको हो ।
जुवा खेल्न दिनु पर्यो भनेर उपल्लो निकायबाट फोन गर्न लगाएको नाम उल्लेख नगर्ने शर्तमा ती प्रहरी अधिकृतले भने । मेला भनेको जुवा र जुवाजन्य खेल खेलाउने ठाउँ भन्ने मानसिकता भेटिएको उनको भनाई छ । गत पुष २७ गते शनिवार उद्घाटन गरिएको मेला माघ ३ गतेसम्म लाग्नेछ ।यस किसिमका विकृतिका कारण मकर स्नान गर्न आउने कन्काई धार्मिक मेलाको महत्व घट्दै गएको छ । कनकाई माईवेनी मेलामा सास्कृतिक कार्यक्रमहरुको समेत आयोजना गरिदैआएको भएपनि जुवानै मुख्य खेल हुदा धार्मिक मेलाको महत्व घटेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका हुन ।
कनकाई माईवेनी मेलामा विहानैदेखि भक्तजनको भीड
सुर्य मकर रेखामा प्रवेश गरेको उपलक्ष्यमा यहाँस्थित झापाको कनकाई माई नदिको दुबै किनारामा परम्परागत रुपमा मकर स्नान गर्न आउने भक्तजनलाई लक्षित गरि सप्ताहव्यापी मकर मेला सुरु गरिएको छ । आज कनकाई माईनदिको दुबै किनारामा मकर स्नान गर्न आउनेभक्तजनहरुको भीड बढेर गएको छ ।
कनकाई माईको पुर्वी तटमा कनकाई नगरपालिका तथा पश्चिम किनारामा शिवसताक्षी नगरपालिकाले आआफ्नो क्षेत्रमा सप्ताहव्यापी मकर मेलाको सुरुवात गरेका हुन । मेलामा विभिन्न खाद्य परिकार देश तथा विदेशमा उत्पादीत लक्ता कपडा, खेल तमाशाको साथमा तरुल, चाकु, लगायातका खाद्य परिकारको प्रदर्शनी र विक्री हुने कनकाई माईवेनी मेला आयोजक समितिका अध्यक्ष किरण मैनालीले बताउँनुभयो । धार्मिक मेला भएकोले सन्त महन्तहरुको समेत वाक्लो उपस्थिति रहने तथा मेलाको पुर्वसध्यामा कनकाई आरतीको समेत आयोजना गरिएको कनकाईधाम धार्मिक विकास संस्थाका अध्यक्ष शेरबहादुर थापाले बताउँनुभयो ।
माघ १ गते मंगलवार नेपाल तथा छिमेकी देश भारत, भुटानबाट समेत वाक्लो सङ्ख्यामा भक्तजनहरुको कनकाई माईमा मकर स्नान र कनकाई माईवेनी मेला भर्नेको घुईचो लागेको छ । मेला र मकर स्नानका लागि आगो ताप्ने र सम्पुर्ण सुरक्षा व्यावस्था कडा पारिरएको इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी प्रमुख किरण मोक्तानले जानकारी दिनुभयो । माघे संक्रान्तिको अवशरमा यस क्षेत्रमा लाग्ने पवित्र माईवेनी मेला कोशी प्रदेशकै ठुलो मेलाका रुपमा लिइदै आएको छ । यसवर्ष गत पुस २७ गतेदेखि माघ ३ गतेसम्म कनकाई नदिको तटमा मेला लाग्दै आएको छ भने मेलामा राष्ट्रिय कलाकारहरुको समेत प्रस्तुति रहदै आएका े छ ।