Kanakai Online

कनकाई माईवेनी मेलामा विहानैदेखि भक्तजनको भीड


मङ्गलवार, माघ १, २०८१ |

जनक न्यौपाने
सुर्य मकर रेखामा प्रवेश गरेको उपलक्ष्यमा यहाँस्थित झापाको कनकाई माई नदिको दुबै किनारामा परम्परागत रुपमा मकर स्नान गर्न आउने भक्तजनलाई लक्षित गरि सप्ताहव्यापी मकर मेला सुरु गरिएको छ । आज कनकाई माईनदिको दुबै किनारामा मकर स्नान गर्न आउनेभक्तजनहरुको भीड बढेर गएको छ ।


कनकाई माईको पुर्वी तटमा कनकाई नगरपालिका तथा पश्चिम किनारामा शिवसताक्षी नगरपालिकाले आआफ्नो क्षेत्रमा सप्ताहव्यापी मकर मेलाको सुरुवात गरेका हुन । मेलामा विभिन्न खाद्य परिकार देश तथा विदेशमा उत्पादीत लक्ता कपडा, खेल तमाशाको साथमा तरुल, चाकु, लगायातका खाद्य परिकारको प्रदर्शनी र विक्री हुने कनकाई माईवेनी मेला आयोजक समितिका अध्यक्ष किरण मैनालीले बताउँनुभयो । धार्मिक मेला भएकोले सन्त महन्तहरुको समेत वाक्लो उपस्थिति रहने तथा मेलाको पुर्वसध्यामा कनकाई आरतीको समेत आयोजना गरिएको कनकाईधाम धार्मिक विकास संस्थाका अध्यक्ष शेरबहादुर थापाले बताउँनुभयो ।
माघ १ गते मंगलवार नेपाल तथा छिमेकी देश भारत, भुटानबाट समेत वाक्लो सङ्ख्यामा भक्तजनहरुको कनकाई माईमा मकर स्नान र कनकाई माईवेनी मेला भर्नेको घुईचो लागेको छ । मेला र मकर स्नानका लागि आगो ताप्ने र सम्पुर्ण सुरक्षा व्यावस्था कडा पारिरएको इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी प्रमुख किरण मोक्तानले जानकारी दिनुभयो । माघे संक्रान्तिको अवशरमा यस क्षेत्रमा लाग्ने पवित्र माईवेनी मेला कोशी प्रदेशकै ठुलो मेलाका रुपमा लिइदै आएको छ । यसवर्ष गत पुस २७ गतेदेखि माघ ३ गतेसम्म कनकाई नदिको तटमा मेला लाग्दै आएको छ भने मेलामा राष्ट्रिय कलाकारहरुको समेत प्रस्तुति रहदै आएका े छ ।