कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका ४ स्थित कोटीहोम परिसरमा बषौदेखि लाग्दै आइरहेको पवित्र धार्मिक तथा मनोरञ्जनात्मक मकर मेला सुरु भएको छ । कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले रिवन काटेर धार्मिक तथा सास्कृतिक मकर मेलाको हिजै शनिवार उदघाटन गर्नुभयो ।
मेला उदघाटन पछि आयोजित कार्यक्रममा सम्बोधन गर्दै नगरप्रमुख पोखरेल, उपप्रमुख आशाशर्मा शिवाकोटीले मेलालाई देशकै नमुना बनाउन मेला आयोजक समितिलाई आग्रह गर्नुभयो ।मेला समिति र कनकाई मकरमाईवेनी मेला र कनकाई नगरपालिकाको साख एकसाथ जोडिएको हुदा यहाँ आउने भक्तजनहरुलाई कुनै पिरमर्का नर्पान समेत नगरप्रमुख उपप्रमुखले आग्रह गर्नुभयो ।
मेला आगामी माघ ३ गतेसम्म लाग्ने र मेलामा राष्ट्रिय कलाकारहरुको विशेष प्रस्तुति रहने तथा विभिन्न खेल तमासा नेपालकै ठुलो पिङ तथा सर्कस खाद्य परिकार, लक्ता कपडाहरुको स्टल रहने समेत मेला आयोजक समितिका सचिव सरोज पोखरेलले जानकारी दिनुभयो । मेला उदघाटन मेला आयोजक समितिका अध्यक्ष किरण मैनालीको अध्यक्षतामा भएको थियो ।