कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका सुरुङ्गामा भएको कनकाई सुरुङ्गा प्रेस क्लवको पाचौ साधरणसभा तथा तेस्रो अधिवेशनबाट लीलाराज झापालीको नेतृत्वमा कनकाई सुरुङ्गा प्रेस क्लवको नेतृत्व सर्वसम्मत चयन भएको छ ।
आज भएको अधिवेशनबाट झापालीको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो । जसमा उपाध्यक्षमा संगिता उप्रेती र सिएम शर्मा सचिवमा मनोज बस्नेत सहसचिवमा अनुप भण्डारी र कोषाध्यक्षमा चन्द्र बस्नेत निर्वाचित हुनुभएको छ । यसैगरि सदस्यहरुमा आइपी भट्टराई, सूर्यप्रसाद अधिकारी, केशव चापागाईँ, सुष्मा कुमाल र जनक न्यौपाने रहनुभएको छ ।
आज भएको अधिवेशनले नयाँ कार्यसमतिको चयन गरेको हो । कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा कनकाई नगरपालिका ३ का वडाअध्यक्ष युवराज चम्लगाई, २ का वडाअध्यक्ष प्रताव राई, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, सामाजिक व्याक्तित्व शेरबहादुर थापा, नेपाली कांग्रेका कनकाई नगर सभापति दुर्गा प्रसाई, प्रेस क्लवका सल्लाहकार सुर्य उप्रेती, नारी सञ्चार गृह झापाकी अध्यक्ष रेजिना रोदन लगायातले बोल्दै बर्तमान अवस्थामा पत्रकारिता क्षेत्रमा चुनौती बढदै गएको भन्दै यसलाई चिर्न सबैको साथ र सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो । सोही अवशरमा बर्तमान समयमा समृद्धिका लागि सञ्चार माध्यमको भुमिका विषयक पत्रकार सन्तोस आचार्यले कार्यपत्र समेत प्रस्तुत गर्नुभएको थियो । तेस्रो अधिवेशनको अवशरमा पत्रकार अमृत योङहाङलाई नगद सहित सम्मान गरिएको थियो । अध्यक्ष रामप्रसाद निरौलाले प्रेस क्लवको बार्षिक प्रतिवेदन पेश गर्नुभएको कार्यक्रममा प्रेस क्लवका संस्थापक अध्यक्ष तीर्थराज खरेलले निर्वाचित पदाधिकारी र सदस्यहरुको नामावली वाचन गर्नुभएको थियो ।