Kanakai Online

सांसद विश्वप्रकाश शर्माद्वारा कोशीकै लामो झोलुंगे पुलको उद्घाटन


बिहिवार, पौष २५, २०८१ |

कनकाई अनलाईन
कोशी प्रदेशकै सबैभन्दा लामो झोलुङ्गे पुलको झापा क्षेत्र नम्बर १ का सांसद तथा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उद्घाटन गर्नुभएको छ ।
झापाको बुद्धशान्ति गाउँपालिका ६ र ७ नम्बर वार्डलाई जोड्ने स्थानीय टिमाई खोलामा बनेको उक्त झोलुङ्गे पुलको शिलान्यास समेत विश्वप्रकाश शर्माले ५ महिना पहिले गर्नुभएको थियो । बिहीवार उक्त बनेको कोलुबुंगे गौडा रमिते गौडा झोलुङ्गे पुल बिहीवार सांसद शर्माले विधिवत् उद्घाट्न गर्नुभएको हो ।

स्थानीय वडा नं. ६ र ७ जोड्ने गरी टिमाई खोलामा बनेको सो पुलको लम्बाई ४७७ मिटर लामो छ भने यसको निर्माणमा पाँच करोड ९८ लाख ७६१ रुपैयाँ खर्च भएको जनाइएको छ । पुल उदघाटन कार्यक्रममा बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाई लगायतको उपस्थिति रहेको थियो ।

कोशी प्रदेशकै लामो उक्त झोलुङ्गे पुल उद्घाटनपुर्वनै आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्नेगरेको थियो ।

थानी जगदम्बा जेभीले पाँच महिनामै निर्माण सम्पन्न गरेको उक्त पुलको शिलान्याश र उद्घाटन महामन्त्री शर्माले नै गर्नु भएको हो ।

पुलको भारवहन क्षमता ९० मेट्रिक टन रहेको छ भने पुलबाट एकैपटकमा ६४७ जनाले ओहोरदोहोर गर्न मिल्ने बताइएको छ । पछिल्लो समय झापामा समेत झोलुङ्गे पुल निर्माणले तीव्रता पाएको छ ।