
कनकाई अनलाईन
दुखीको घरमा मात्रै तेरो बाँस हुने भए हे ईश्वर मलाई दयाँ गरी मलाई अझ दुःख दे ।
साहित्यकार बालकृष्ण समको यो लाईन अहिले कसैको जीवनमा गएर मेल खान्छ भने झापा कनकाई नगरपालिका ३ सुरुङ्गा एकान्तटोलवाशी ५३ बर्षिय गिता चौधरीको जीवनमा मेला खान्छ ।

एउटा सानो बाँसको भाटाले पुरानो टिन चेपेर बनाएको भुई घर त्यहि घरमा बस्छन उनी र ३ छोरी र २ छोराहरु यहि घरमा १५ बर्ष पहिले आफ्ना श्रीमान गुमाएकी गिताले आफ्नो पाखुरीका भरमा सबै छोराछोरीको लालन पालन गर्दै आइरहेकी थिईन । उनले १ छोरीको बिहेदान समेत यहि घरबाटै गरिन अझैपनि छोराछोरीको बिहेदान गर्न बाकी नै थियो । अर्काको घरमा जनमन जता ज्याला मजदुरीको भरमा गिताले आफ्ना लालाबाला यहि घरमा हुर्काएकी थिएन । तर विगत डेढ महिनादेखि यो दुखीको घरमा अझ दुःख बनेर आएको छ , क्यान्सर उनै घरकी मुली गितालाई ब्लड क्यान्सर भएर भरतपुर क्यान्सर अस्पतालमा हाल उपचारमा रहेकी छिन । उनीलाई स्वास्थ्यमा समस्या देखिएपछि सुरुङ्गास्थित कनकानई नगर अस्पताल हुदै बिर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचारका लागि लगियो तर त्यहाँ ब्लड क्यान्सर रोग लागेको पत्ता लागेपछि उनलाई उपचारका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो तर त्यहाँ उनको उपचार नहुने भन्दै थप उपचारका लागि अस्पताले भरतपुर क्यान्सर अस्पताल रेफर गरिदियो ।
त्यहाँ हाल महिनादिनदेखि उपचारमा रहदै आउनुभएकी गिता चौधरीको उनको आर्थिक अवस्थाले थेग्नै नसक्ने भएपछि सबैतिर आर्थिक सहयोग गरिदिन सबैसमक्ष अनुरोध गरिएको छ । आफ्नो लाहुलाहु खाउ खाउको जीवन उपचारका लागि आर्थिक अभाव रहदा समस्या भएसगै आफ्नो जीवन बचाईदिनका लागि विरामी गिता अस्पतालबाटै सबैसग अपिल गर्दै आएकी छिन ।
उनको जीवन बचाउनका लागि स्थानीय समाजसेवी युवा हरि कार्कीको संयोजकत्वमा गिता चौधरी बचाउ अभियान नामक समिति बनाएर हाल देश तथा विदेशमा रहनुहुने नागरिकहरु तथा नेपाली सहयोगी मनहरुसमक्ष सहयोगको अपिल गरिएको छ । उनलाई सहयोग गर्न गर्नका लागि प्राईम बैक लिमिटेडको सुरुङ्गा साखाको छोरी सरस्वती चौधरीको नाममा रहेको ०३७०१००००००००६०२३४८५ नम्बरको खातामा रकम सहयोग गरेर उहाँको जीवन बचाइदिनका लागि सबै समक्ष अनुरोध गर्नुभएको छ । अथवा तल दिएको क्युआरबाट समेत रकम सहयोग गरिदिनुहुन सबै सहयोगी मनहरुसमक्ष अनुरोध गरिएको छ । यसवारेमा केहि बुझनु परेमा छोरी सरस्वतीको मोवाईल नम्बर ९८२७७९००८८ वा छोरा चन्द्र चौधरीको मोवाईल नम्बर
९८१७९०६३५८ मा समेत सम्पर्क राख्न र बुझ्न सक्नुहुने पिडित परिवारको भनाई रहेको छ ।
उनको उपचारका लागि कम्तीमा पनि २० लाख भन्दा बढी रकम लाग्ने अनुमान गरिएको छ । सम्पत्तिको नाउँमा सानो बाँसको भाटाले च्यापिएको यहाँ देखाइएको यस घर र ऐलानी आधा कट्टा जमिन मात्रै रहेको यस चौधरी परिवारमा ठुलो बज्र परेको छ । उनको जीवन बचाउनका लागि सबै गाउँलेहरु अहिले आर्थिक सहयोग संकलनमा जुटेका छन । नेपाल सरकारबाट प्राप्त हुने क्यान्सर रोगीहरुका लागि प्रदान गरिदै आएको १ लाख रुपैँया प्राप्त भइसकेको र यसले केहि सहयोग गरेपनि उहाँको जीवन बचाउनका लागि यो अप्रयाप्त रहेको गिता चौधरी बचाउ अभियानका संयोजक स्थानीय युवा हरिकुमार कार्कीले बताउँनुभयो ।



