Kanakai Online

भुकृति मावि दुर्गापुरका भुतपुर्व विद्यार्थीले बनाइदिए विद्यालयमा स्टेज


मङ्गलवार, पौष २३, २०८१ |

कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका ७ दुर्गापुरस्थित भुकृति माध्यमिक विद्यालयका भुतपुर्व विद्यार्थीहरुको समुहले आर्थिक सहयोग संकलन गरेर आफु अध्यान गरेको विद्यालयमा स्टेज निर्माण गरि विद्यालयलाई हस्तानतरण गरेका छन ।


आज विशेष कार्यक्रमका विच २०४७ सालदेखि ५३ सालसम्मका एसएलसी परिक्षामा सामेल भएका ६२ जना विद्यार्थीहरुले सहयोग रकम संकलन गरि कुल ६ लाख २८ हजार १ सय १७ रुपैँया खर्चिएर निर्माण गरिएको सुविधा सम्पन्न स्टेजलाई विद्यालय परिवारलाई हस्तानतरण गरिएको हो ।


कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, कनकाई ८ का वडाअध्यक्ष लीलाबहादुर कटुवाल, समाजसेवी शेरबहादुर थापा, समाजसेवी हरिध्वज खत्री लगायातका अतिथिहरुको सहभागितामा भवन निर्माण समितिका अध्यक्ष नविन बस्नेत, उपाध्यक्ष रामकुमार शेर्पा, सचिव झलक खत्री लगायातले भवन हस्तानतरण गरेका हुन ।

यस अवशरमा यस क्षेत्रको विद्यालयलाई जग्गादान गर्ने दाताहरु तथा समाजसेवी हरिध्वज खत्री, पदमा खड्का र राधा खड्कालाई प्रमुख अतिथि कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले दोसल्ला ओढ्याएर सम्मान समेत गर्नुभयो । सोही अवशरमा कनकाई नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले स्थानीय सरकारको दायित्वमा पर्ने विद्यालयको शैक्षिक विकासकै लागि भुतपुर्व विद्यार्थीहरुको समुहले आर्थिक सहयोग जुटाएर स्कुलमा स्टेज निर्माण गरिदिएको भन्दै धन्यावाद ज्ञापन गर्नुभयो । सबै सहयोगी दाताहरुको मद्धतबाट मात्रै शिक्षा स्वास्थ्य र विकास निर्माणमा सहयोग मिल्ने बताउँनुभयो ।

विद्यार्थीहरुकै सहयोगबाट कनकाई नगर अस्पतालमा अक्सिजन ग्यास प्लान्ट समेत निर्माण गरेर नगरका विरामीहरुका लागि निशुल्क प्रदान गरिदै आएको समेत नगरप्रमुख पोखरेलले जानकारी दिनुभयो । नगरप्रमुख पोखरेलले स्थानीय सरकार सञ्चालनमा आएसगै नगरका शैक्षिक र भौतिक क्षेत्रमा उल्लेख्य प्रगति भएको भन्दै स्थानीयवाशी र सहयोगी दाताहरुको सहयोगबाट समृद्ध नगर बनाउनका लागि थप मद्धत मिलिरहेको बताउँनुभयो ।


यसैगरि समाजसेवी शेरबहादुर थापाले भुतपुर्व विद्यार्थीहरुको कार्यको मुक्त कण्ठले प्रसंसा गर्दै सुविधासम्पन्न सरकारी स्कुल बनाउन तीनै तहको सरकारको बजेट तथा दाता र सहयोगी मनहरुको समेत आवश्कता खटकेको बताउँनुभयो । यसैगरि विद्यालयका प्रअ चण्डिकाप्रसाद उपाध्यायले २०४७ देखि ५३ सालसम्म एसएलसी अध्यान गर्ने विद्यार्थीहरुको सतप्रयासबाट विद्यालयमा स्टेज निर्माण गरिदिएको भन्दै यसबाट विद्यालयले अतिरिक्त क्रियाकलाप गर्नका लागि स्टेज निर्माण गर्नुपर्ने झण्झटबाट मुक्ती मिलेको बताउँनुभयो । अन्य बर्षका विद्यार्थीहरुले समेत आफु अध्यान गर्ने विद्यालयका लागि केही न केही साथ सहयोगको अप्रेक्षा विद्यालयले राखेको प्रअ उपाध्यायले राख्नुभयो । कार्यक्रममा भुतपुर्व विद्यार्थीहरुका तर्फबाट स्वागत भुतपुर्व विद्यार्थी तथा सञ्चारकर्मी आईपी भट्टराईले राख्नुभएको थियो ।

सम्बन्धित खबर