Kanakai Online

क्यान्सर रोगी बच्चाको उपचार सहयोग जुटाउन माईमेला लगाउदै


आइतवार, पौष २१, २०८१ |

कनकाई अनलाईन
यसबर्षको कनकाई माईवेनी मेला यहाँका एक ५ बर्षिय ब्लड क्यान्सर रोगी वालकको जीवन वचाउनका लागि कनकाई माईवेनी मेला लगाइने भएको छ ।
कनकाई नगरपालिका ४ इलुवारीका ५ बर्षिय बालक कुशल राउतको सहयोगार्थ रमाईलो मेला लगाउन लागिएको मेला आयोजक समितिले आज कोटीहोममा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको छ ।
यी बालकको ब्लड क्यान्सर रोगको उपचारका लागि भारु ४० लाख लाग्ने र मेलाको सम्पुर्ण खर्च कटाई नाफा भएको रकम ब्लड क्यान्सर रोगी बालकको उपचारका लागि खर्च गरिन लागेको मेला आयोजक समितिको सचिव सरोज पोखरेलले पत्रकार सम्मेलनमा बताए । उनले यसका लागि अघिल्लो बर्ष भन्दा यस बर्ष मेलाको रकम समेत १० लाख कम गरेर कनकाई नगरपालिकाबाट लिएको र देशका चर्चित कलाकारहरुले समेत यस मेलामा निशुल्क मेलामा गित नृत्य प्रस्तुत गर्न लागेको जानकारी दिए । हामीले खर्च कटाएर बच्चाको उपचार खर्च बचाउने लक्ष्य राखेका छौ यसका लागि पुस २७ गतेदेखि माघ ३ गतेसम्म सप्ताहब्यापी रुपमा मेला लगाउँदै छौ सबैको साथ सहयोग हुने छ । पोखरेलले भने मेला भव्य र सम्य रुपमा सफल बनाउन कनकाई नगरपालिका ४ का किरण मैनालीको अध्यक्षतामा २१ सदस्यीय मुल मेला समिति बनाइएको कनकाई सुरुङ्गा प्रेस क्लवका अध्यक्ष राम प्रसाद निरौलाको संयोजकत्वमा मेला प्रचार प्रसार समितिनै गठन गरिएको समेत पत्रकार सम्मेलनमा जानकारी दिइयो । पत्रकार सम्मेलनमा कनकाई ४ का वडाअध्यक्ष रोषन सुवेदी लगायातले मेला सफलताको शुभकामना दिएका थिए । यसरी एक जना बच्चाको जीवन बचाउनकै लागि लगाइएको साप्ताहव्यापी मेला देशकै सबैभन्दा ठुलो भएको आयोजकको दावी रहेको छ ।
यस बर्ष भने अघिल्लो बर्षको भन्दा आधा रकम सस्तोमा कनकाई नगरपालिकाले सुचना टेण्डर लगाएको तथा नाफा भन्दापनि बालकको उपचारको सहयोगार्थ मेला सञ्चालन हुने भएपछि भक्तजनहरुले मन र इच्छाले सहयोग गर्ने अप्रेक्षा लिएको मेला समितिले जनाएको छ ।
यता कनकाई माई पश्चिमतर्फ रहेको कनकाई माईवेनी मेला समेत अघिल्ला बर्षहरुमा जुवा खेल र महगो भिटौरी उठाएको भन्दै शिवसताक्षी नगरपालिकाले आफै लगाउने र कुनै टेण्डर प्रक्रियामा नजाने निर्णय गरिसकेको छ ।
फोटो ः पत्रकार सम्मेलनमा मेला आयोजक समिति राउतको उपचारको सहयोगार्थ मेला लगाएको जानकारी दिदै

सम्बन्धित खबर