कनकाई अनलाईन
झापाको बिर्तामोड नगरपालिका वडा नं ७ मियावारीमा मंगलवार बिहानै आगलागी हुदा २५ लाख बराबरको क्षति पुगेको छ ।
बिहान करिव ५ बजेतिर स्थानीय लालबहादुर अधिकारीको ग्वाली र मिलमा विद्युत सर्ट भई आगलागी भएको हो । आगलागीबाट मकै र पराल जलेको छ भने एउटा बाछी मरेको र अर्को घाइते भएको छ ।साथै मिलमा प्रयोग हुने उपकरणहरु जलेर नष्ट भएका छन् ।
बिर्तामोड नगरपालिकाको दमकल, गरामनी प्रहरी चौकीका प्रहरी र स्थानीयको सहयोगमा बिहान २ घण्टापछि विहान ७ बजे आगो पूर्णरुपमा नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।