Kanakai Online

रमेशबाबुको कनकाई ३ का विपन्न बिरामीलाई अक्सिजन मिटर


आइतवार, पौष ७, २०८१ |

कनकाई अनलाईन
कनकाई नगरपालिकाको कनकाई नगरपरिसरमा अक्सिजन प्लान्ट स्थापना भएसगै कम्तीमा कनकाई नगरपालिका क्षेत्रका सबै विरामीलाई निशुल्क अक्सिजन प्रदान गरिदै आएको छ ।
नगर अस्पताले निशुल्क अक्सिजन दिएपनि अक्सिजनको सिलिण्डरमा जोडने अक्सिजन प्रोमिटर नहुदा अति विपन्न परिवारलाई समस्या पर्ने गरेको थियो । कनकाई ३ का यी युवा रमेशचन्द्रबाबु मैनालीले कनकाई ३ का वडाका विपन्न परिवारका विरामीले प्रयोग गर्नकै लागि ६ थान प्रोमिटर खरिद गरि हस्तानतरण गर्नुभएको छ ।
उहाँले विशेष कार्यक्रमका विच पत्रकार सम्मेलन गरेरै उक्त सामाग्री कनकाई नगर अस्पताल अगाडि रहेको राधाकृष्ण फार्मेसीका सञ्चालक नारायण कट्टेललाई प्रदान गर्नुभयो । आफुले एक थान अक्सिजनमा प्रयोग गरिने प्रोमिटर कनकाई नगर अस्पतालमै दिएको र बाकी ५ थान भने राधाकृष्ण फार्मेसीमा गरिब परिवारलाई दिन भनेर प्रदान गरिएको युवा समाजसेवी रमेशचन्द्र मैनालीले बताउँनुुभयो । आफुले सामाग्री प्रदान गरिएको र विपन्न परिवार जो अक्सिजन प्रयोग गर्नुपर्ने हुन्छ उहाँहरुले प्रोमिटर खरिद गर्ने आवश्यक रकम नहुदा समस्या नहोस भनेरै हाललाई ६ थान प्रोमिटर खरिद गरि वितरण गरिएको मैनालीले बताउँनुभयो । कनकाई नगर अस्पतालले अस्पतालमै विरामी राख्दा भने प्रोमिटर सहितको अक्सिजन दिने गरेको भएपनि कतिपय दम लगायातका विरामीलाई नियमित घरमै अक्सिजन प्रदान गर्नुपर्ने अवस्थामा भने नगर अस्पताले अक्सिजन दिएपनि त्यसमा लगाउनुपर्ने प्रोमिटर भने विरामी आफैले खरिद गर्नुपर्ने गरेको थियो । यता रमेशचन्द्र बाबुले अक्सिजन प्रयोग गर्नैपर्ने तर अक्सिजनमा लगाउने प्रोमिटर खरिद गर्न नसक्ने विरामीहरुलाई लक्षित गरेर सरकारले समेत गर्न नसकेको पुण्यकाम गरिदिएको राधाकृष्ण फार्मेसीका सञ्चालक नारायण कट्टेलले बताउँनुभयो । हामीकहाँ धेरै विरामीहरु यस्ता पनि आउनुहुन्छ जोसग प्रोमिटर मात्रै होईन सिटामोल खरिद गर्ने पैसा पनि हुदैन उहाँहरुका लागि रमेशचन्द्रबाबु संञ्जिवनी बुटी हुनुभएको छ कट्टेलले बताउँनुभयो । यता आवश्यक परेमा प्रोमिटर पुन थप गर्ने मैनालीले बताउँनुभयो ।
कनकाई नगरपालिका ३ क्षेत्रमा रमेशचन्द्रबाबुले आफ्नै निजि लगानीमा सडक बत्ती बाल्ने देखि लिएर फोहोर फाल्ने कन्टेनर समेत राखिदिनुभएको छ ।